OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १६, २०७६जुम्ला
२९६ पटक

जुम्ला, १६ भदौ ः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले उत्पादनको प्रचुर संभावित क्षेत्र कर्णाली प्रदेश र त्यसमा जुम्ला भएकोले निर्यातमुखी उत्पादनमा प्रदेश सरकारले यो नीति लिईएको बताउनुभयो । कर्णालीलाई आत्मनिर्भर बनाउन संभाव्यता अध्ययनगरी मध्यकालीन् र दिर्घकालीन योजना निर्माणतर्फ सरकार लागेको उहाँले बताउनुभयो ।
मन्त्री केसीले भन्नुभयो, “कर्णाली प्रदेशको जुम्ला स्याउ, सिमी, ओखर कालीमार्सी धानलगायतका अर्गानिक खाद्य तथा फलफूल बालीको उर्बर भूमि हो । डोल्पा र मुगु जिल्ला जडिबुटी भण्डार हो । यहाँ बिजुलीको ठूलो मेगा परियोजना सञ्चालन गर्न सकिने धेरै सम्भावना छ । अब लगानीको खाँचो छ ।”
उहाँले उद्योग कलकारखाना, बहुआयमिक कोल्डस्टोर सञ्चालनमा ल्याउनका लागि सबै भन्दा पहिला बिजुली उत्पादन र कर्णाली राजमार्गलाई सहज बनाउनका लागि कर्णाली प्रदेशले लगानी गर्ने र त्यसको निम्ति वातावरण सिर्जना गरिने वचन दिनुभयो ।
‘एक घर, एक स्याउ बगैचा’
कर्णाली प्रदेशका स्याउ उत्पादन हुने जुम्लालगायत अन्य जिल्लामा ‘एक घर, एक स्याउ बगैचा’ निर्माण गर्ने अवधाराण बनाईएको बताउनुभयो ।
कृषिमन्त्री केसीले भन्नुभयो यसका लागि प्रदेश सरकार लगानी गर्न तयार रहेको छ । विद्यालययदेखि सार्वजनिक जग्गामा सामुहिक स्याउ खेतीमा जोड दिन युवा प्रोत्साहन लागि कृषि मन्त्रालयले योजना बनाएको उहाँको भनाई थियो । स्याउका बिरुवा रोप्नेदेखि व्यवस्थापन र जैविक विषादीको प्रयोगमा वृद्धितर्फ पनि प्रदेश सरकारले योजना बनाएको मन्त्री केसीले बताउनुभयो ।
सिचाई विना उत्पादन असंभव भएको जनाउँदै उहाँले कृषि मन्त्रालयले सिचाईकै लागि भनेर रु.५० करोड बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशका हरेक गाउँपालिकामा चिस्यान घर र जैविक विषादी उत्पादन गर्ने उद्योग स्थापनाको योजना निर्माण गरिएको छ ।
व्यवसायिक किसानलाई ब्याजमा अनुदान
सहकारीमन्त्री केसीले कृषकलाई चालु आवदेखि अनुदान नभइ ब्याजनमा अनुदान दिने निर्णय गरिएको बताउनुभयो । अनुदानको रकम दुरुपयोग हुनसक्ने भएकाले त्यसलाई रोक्न र किसानको जीवनस्तर परिवर्तन गर्न मन्त्रालयले यो नीति अख्तियार गरेको उहाँले जनाउनुभयो ।
मन्त्री केसीले व्यवस्था नयाँ आएपनि पुरानै पद्धति भएकोले गर्नुपर्ने बाध्यता भएकाले जनताको सोचे अनुसार काम हुन नसकेको प्रतिक्रिया दिनुभयो । तर प्रदेश सरकार प्रत्येक नागरिकको आर्थिक जीवनस्तर परिवर्तन गराउने योजनामा काम गर्दै आएको उहाँको दावी थियो ।
उहाँले अगाडि भन्नुभयो “अहिले व्यवस्था परिवर्तन भएको छ, प्रणाली अझै परिर्वतन भएको छैन । यसले कामकाजमा समस्या देखियो,’ मन्त्री केसीले भन्नुभयो ‘डेढ वर्षको अवधिमा प्रणाली नफेरिएकै कारण निर्णय अनुसारको काम गर्न नसकिदा हामी प्रणालीलाई परिवर्तन गर्दै कामगर्ने योजनामा छौं ।”
कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी मन्त्री केसीले जिल्लामा हुने विकास निर्माणको कामलाई अनुगमन गर्नको लागि प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई अधिकार दिने तयारीको पहल गरिरहेको उहाँको भनाई थियो । समाजमा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने अभियान प्रदेश सरकारले शुरुवात गरेको जनाउँदै उहाँले यसमा सबैलाई साथ दिन आग्रह गर्नुभयो ।
‘व्यवस्था त फेरियो, प्रणाली उही छ, मन्त्री केसीले भन्नुभयो, प्रणालीकै कारण शून्य सहनशीलताको नीति कार्यान्वन हुन सकेको छैन । लक्षित कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको बताउनुभएका उहाँले चालु आवदेखि प्रदेश सरकारले कार्यविधि अनुसार कार्यक्रम कार्यान्वयन गर्ने र तिनलाई जतिसक्दो जनतामा पु¥याउने लक्ष्य राखिएको उहाँको भनाई थियो ।
रक्सी होइन, दुध खाऔं
जुम्लामा उत्पादित दुधले बजार नपाएको सन्दर्भलाई जोड्दै मन्त्री केसीले जुम्लीबासीलाई बिहान बेलुका रक्सी नभई दुध खाने संस्कारको विकास गर्न आग्रह गर्नुभयो ।
जुम्ली नागरिक सबैले रक्सी खानु हुन्छ मैले भनेर हेप्न खोजेको होइन उहाँले भन्नुभयो, यद्यपि रक्सी खानेहरुले यसमा गम्भीर हुन जरुरी छ । उहाँले नेपालीहरुको आज महान पर्व तीजमा वर्त बस्ने भन्दा कर्णाली हरेक नागरिकले तीजकै अवसरमा अर्गानिक वस्तु उत्पादन तथा उपभोगको संकल्प गर्न अपिल गर्नुभयो ।
किसान मात्र नभएर कर्मचारी, नेता, पत्रकार सबैले आ—आफ्नो आगनमा तरकारी तथा अन्य फलफूल खेती गर्न पनि उहाँले सुझाउनुभयो । मन्त्री केसीले आजै नवपरिभाषित कृषि विकास कार्यालय र भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको समेत उद्घाटन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्