OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३१, २०७८काठमाडौं
१४५५ पटक

३१ बैशाख २०७८, शुक्रबार

प्रधानमन्त्रीमा पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ।

शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनुभयो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पुर्याएर दाबी पेश गर्न तीन दिनको समय दिनुभएको थियो। विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने संंविधानमा व्यवस्था छ । यदि सो समयमा प्रधानमन्त्रीले विश्वासको मत गुमाए धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । प्रधानमन्त्रीमा नियुक्त व्यक्तिले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउने अधिकार संविधानले दिएको छ ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि पदमुक्त भएका सबै मन्त्रीहरुका पनि आजै पुनर्नियुक्ति हुने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्