OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०७८काठमाडौं
४५२ पटक

 

२७ बैशाख २०७८, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा हाड मासुको छातीमा नभई इमानको छातीमा हात राखेर सोच्न आग्रह गर्नुभयो ।

विश्वासको माथि विपक्षी दलका नेता तथा संसदहरुले राखेका धारणा एवं प्रश्नहरुमाथि जवाफ दिने क्रमाम क्षुद्र खालको राजनीति नगरौं भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले मान्छे मर्दा दुई चार आँप झरे भनेर भनियो । केही मान्छेले उत्तेजनाको राजनीति गरे । हामीले राष्ट्रिय राजनीति गरौं, झुट जालझेल प्रपञ्जको राजनीति होइन, जनतालाई सहि सत्य सूचना दिनुपर्दछ ।”

“विस्तृत परियोजना प्रतिवेदन आधारमा काम गरिएको छ । त्यसमा किन चित्त दुख्यो । यस्तो कुरामा चित्त नदुखाउनुहोला,” उहाँले अगाडि भन्नुभयो, “यो देशको विकास गर्ने सबैको जिम्मेवारी हो । एक आपसमा वैमनस्यता लिने बेला होइन, संविधान सुधार गरौं त्यो पनि भनिरहेको छौं । मिथ्या राजनीति नगरौं । हिजो विभेद थियो र आज त्यहीको गीत गाउनु हुँदैन । विभेद सिध्याएर जान यो सरकार लागेको छ । त्यसमा सबैको सहयोगको महत्व छ ।”
जवाफको क्रममा उहाँले मिथ्याको आरोपको खेती गर्ने नगरौं । समृद्धि तर्फको अभियान मजाकको विषय होइन, यसलाई साझा अभियानको रुपमा अघि बढाएका छौं । लोकतान्त्रिक प्रणालीलाई मजाकै चिन्ता गर्नुभयो । संविधान आवश्यकता संशोधन गर्दा असुरक्षित छैन । मिचिदैन र मिच्न हुँदैन भन्नुभयो ।

त्यस्तै, साथीहरुले भनेको कुरा बुझिदैन । माग प्रशस्त गर्न भन्नुभयो, कसरी गर्ने ? देशको आवश्यकता एकातिर, संसदीय गणित अर्कोतिर हुन्छ ।
संसद विघटन गर्दा हत्या भयो । संविधान अनुसार ५ पाँच वर्ष चलाउ । भीरबाट हामफाल्ने अनि गुरुत्वकार्षले तान्यो भनेर दोष लगाउने । भोट दिउँ न त भन्दै उहाँले विश्वासको मत माग्नुभयो ।

दक्षिण एशियामा भारत भन्दा पछि दोस्रो देश हामीले खोप शुरु गर्यौं भनेर दावी गर्नुभयो । जवाफको क्रममा उहाँले यसो भन्नुभएको थियोः रु.१० लाख भारत ल्याईयो । २० लाख चार डलरका हिसाबले खरिद गर्यौं । अनियमितता भएको भन्ने लाग्छ भने छानबिन गरौं । धराहरा तयार नभई म टुप्पामा कसरी गए त ? तयार भएको बाहिरबाट देखिन्छ । २० तला माथि पुगेकै हो । धराहरा नबनेको बुझेका संसदहरुलाई हेर्न आग्रह गर्दछु । अध्यादेश संवैधानिक व्यवस्था हो । लोकसेवा आयोग रिक्त अवस्थामा छ । मुद्दा हालेर ल्याएको संसद बचाउँऔं, मलाई विश्वासको भोट दिउँ ।
एसिड आक्रमण, बलात्कार जस्ता घटना रोक्न अध्यादेश ल्याईएको छ । बलात्कार जस्ता घटना संवैधानिक व्यवस्थाको पालना गर्न दिईएन ।

हाड मासुको छातीमा होइन, ईमानको छातीमा आफैलाई राखेर सोध्नुस् । हाम्रा अगाडि थुप्रै चुनौति, शान्ति प्रक्रिया पुरा गर्नुछ । कसले काम गर्न दिएन देशले देख्या छ । हलो अट्काउने गोरु पट्काउने काम भयो । बहुमत भएपछि मैले राजीनामा किन दिनु । अढाई महिना पर्खे । समर्थन फिर्ता लिईएन ।

दैनिक दौडधुप चलेको छ चलेको छ । मान्छे हेर्न आउ भनेपछि म गएको हो । विश्वासको मत अस्थिरताका लागि होइन, स्थिरताका लागि । विरोध गरेको विकल्प दिएको छैन । कुराले चिउरा भिज्दैन । हामीले स्थिरता चाहेको भने संविधानको कार्यान्वयन सहमति र सम्मानका साथ कार्यान्वयन गरौं ।

स्थिरता स्थायित्वको पक्षमा उपयुक्तले ढंगले देशलाई अघि बढाऔं । विश्वासको मत बाहिरको प्रक्रिया होइन, संसद भित्रको प्रक्रिया हो । ममािथ संसद विश्वास छैन भने म मार्ग प्रशस्त गर्दिन्छु । संसदको आदेशसँगै मार्ग प्रशस्त भइहाल्छ । कुनै जालझेल हुँदैन । सबभन्दा पार्टीको हैसियतले जनमत बढी भएको दलको हैसियतले । कसको उपस्थिति छ कसको छैन ।

फेरी विघटन हुने शंका छ भने विश्वासको मत दिनुस् न ? खल्र्याम खुर्लुम पार्दिनुस् न । नदिएको समर्थन अघि किन चार दिन के फिर्ता लिनुभयो त ? नदिएको चीज लिनुभयो भने म बाट केही अतिरिक्त चिज लानु भयो । म अल्मलिए । के फिर्ता लिनु भो त ?

अब अगाडिका कोभिडको समस्या समाधानका विषयमा एकजुट भएर अघि बढौं, खुट्टा तान्ने प्रयास नगरौं भन्दै प्रस्तावको पक्षमा मतदान दिन प्रम ओलीले आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्