OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७६सुर्खेत
३९८ पटक

सुर्खेत, २ भदौ ः विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानवबस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ ।
डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकाको प्रशासनिक केन्द्र धो तरापस्थित क्रिष्टल माउन्टेन विद्यालयको प्राङ्गणमा यही भाद्र २४–२८ गतेसम्म महोत्सव सञ्चालन हुने डोल्पो महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । संयोजक भोटेले ‘दर्शन डोल्पोको, आर्जन शान्तिका’े भन्ने मूल नाराका साथ डोल्पो महोत्सव तथा क्रिष्टल माउन्टेन आधार विद्यालयको रजत जयन्ती सम्पन्न गरिने बताउनुभयो ।
“डोल्पाको समग्र क्षेत्रको विकासमा डोल्पाबासीले सामना गर्नु परेको चुनौतिका बारेमा सरकारको ध्यान आकृष्ट गराउने पहिलो उद्देश्य हो,” उहाँले भन्नुभयो, “सरकारको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने र यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु दोस्रो उद्देश्य राखिएको छ ।” डोल्पाको धार्मिक, साँस्कृति र सामाजिकसहित विविध कलाहरु महोत्सवमा प्रदर्शन गरिने उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले डोल्पो महोत्सवले कर्णाली प्रदेशको पर्यटन आकर्षण बढाउने विचार व्यक्त गर्नुभयो । “डोल्पा सबै खाले पर्यटनको धनी ठाउँ हो,” योजनामन्त्री ज्वालो भन्नुभयो, “डोल्पाको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।”
नेपाली काँग्रेस, प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पर्यटन विकास अर्थतन्त्र बलियो बनाउने प्रमुख आधार मध्येको एक भएको बताउनुभयो । डोल्पाले आयोजना गरेको महोत्सवले कर्णाली पर्यटन प्रवद्र्धनको मुख्य आधार तयार हुने उहाँको भनाई थियो ।
महोत्सवमा करिब रु.एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ । यस अवधिमा डोल्पा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँको प्राकृतिक, धार्मिक, पुरातात्विक र साँस्कृतिक पर्यटकीय स्थलहरुको पैदल अवालोकन गराईने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्