OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७६सुर्खेत
४०३ पटक

सुर्खेत, ३१ साउन ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ ।
कर्णाली प्रदेश सरकारले बिहीबार नै उहाँलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री शाहीले भौतिक पुर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।
मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले शाही पदमुक्त गर्नुभएको हो । मन्त्री रिक्त रहने उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय मुख्यमन्त्री शाहीले गर्नुभएको जनाउँदै प्रेस सल्लाहकार बुढाथोकीले सो निर्णय बिहीबार नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको बताउनुभयो ।
उच्च अदालत पाटनले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न साउन २७ गते सोमबार आदेश दिएको थियो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले पक्राउ गर्न आदेश जारी गरेसँगै उहाँको पद धराप थियो ।
मन्त्री खत्रीसहित पाँच जनाले रु.एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहरगरी पक्राउ आदेश जारी गरेको थियो । अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनि अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो ।
यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो । उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले रु.छ लाख बराबरको धरौटी मागेको थियो ।

प्रतिकृया दिनुहोस्