OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २९, २०७६सुर्खेत
३३१ पटक

सुर्खेत, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । मुख्यमन्त्री शाहीले कालिकोटको पचालझरना गाउपालिकाको गाउँसभामा सम्वोधन गरिरहेको वेलाकार्यक्रम स्थलनजिकै बुधबार दिउँसो बम विस्फोट भएको हो ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले कार्यक्रमस्थल भन्दा केही पर २ पटक बम विस्फोटको आवाज सुनिएको जानकारी दिनुभयो । सिंहले सातादिन लामो जिल्ला भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाहीसहितको टोलीलाई त्रास श्रृजना गर्ने उद्देश्यले अराजक समुहले बम विष्फोट गराएको बताउनुभयो ।

त्रास श्रृजनागर्ने उद्धेश्यले वमविष्फोट भएपनि मुख्यमन्त्री सरिक हुने पुर्वनिर्धारित सवै कार्यक्रमहरु सहज रुपमा संचालनहुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरणाको पर्यटन प्रवद्र्धनका लागि भईरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचालझरना पुग्नुभएको थियो ।

मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विष्फोटको घटना भएको थियो । मुख्यमन्त्री शाहीका स्वकीय सचिव सिंहले उहाँको लोकप्रियता देखि आत्तिएको अराजक समुहद्धारा भईरहेका यस्ता क्रियाकलापहरु निन्दनीय रहेको बताउनुभयो ।

विष्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्