OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ५, २०७८जुम्ला ।
५४१ पटक

खलंगा वैशाख ५ गते । मौसमी रुघाखोकीले वालवालिका र ज्येष्ठ नागरिक प्रभावित भएका छन् । एक्कासी ज्वरो आउने, खोकी लाग्ने भएपछि अहिले ग्रामिण क्षेत्र सहित जिल्लाभरी प्रभावित भएको हो ।
जिल्लाका स्वास्थ्य सस्थाहरुमा अहिले वालवालिका र ज्येष्ठनागरिकहरु उपचार गर्न आउनेको संख्या बढिरहेको बताएका छन् । अत्याधिक ज्वरो आउने र खोकी लाग्ने समस्याले धेरैजसो वालवालिकाहरु प्रभावित भएकाले त्रास फैलिरहेको छ ।
टोप्लामा एक सयबढि विद्यार्थी प्रभावित :
तातोपानी गाउँपालिका ८ कालिका माध्यामिक विद्यालय टोप्लामा धेरै मात्रामा विद्यार्थी विरामी भएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको टोली घटना स्थलपुगेर फकिएको छ ।
जनस्वास्थ्य निरीक्षक सोमाईका अनुसार कालिका माध्यामिक विद्यालय टोप्लाका १५० जना विद्याथी र स्थानीयको जाँच तथा आवश्यक परामर्श दिएर स्वास्थ्यको टोली फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार जाँच, परामर्श तथा औषधी दिएर हामी फर्किका छौ । जिल्ला स्वास्थ्य प्रमुख कृष्ण सापकोटाको नेतृत्वमा अहेव कमल शाही सहित सात जनाको टोली त्यस स्थानतिर खटिएको थियो । जुम्ला सदरमुकामबाट एक दिन लाग्ने सो स्थानमा वास बसेर स्वास्थ्यकर्मीहरुले उपचार गरेका छन् ।
उनिहरुलाई एक हप्ता सम्म घरमै बस्ने, बाहिर ननिस्कने सूझाव सहित औषधी दिएर स्वास्थ्यकर्मीको टोली फर्किएको उहाँले जानकारी दिनुभयो । जिल्लाभरी मौसम परिवर्तन र मौसम प्रदुषण, हावाहुरीका कारण ज्वरो र रुघा बढिरहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । पछिल्लो समय भने शनिवार छिटपुट पानी परेकाले थोरैमात्रै धुलो कम भएको छ तर वालीनालीमा पानी नपुगेका कारण किसान चिन्तितनै रहेका छन् ।

वालवालिका मात्रै नभएर ज्येष्ठ नागरिक सहित अन्य मानिसहरुलाई समेत रुघाखोकीले ग्रस्त बनाईरहेको स्थानीयले बताएका छन् । कालिका माध्यामिक विद्यालय टोप्लाका अध्यक्ष सुरतबहादुर शाहीका अनुसार विद्यार्थीमै अत्याधिक रुघाखोकी र ज्वरो बढेपछि स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्यको टोली त्यस क्षेत्रतिर गएको थियो । अझपनि शिविर संचालनका लागि पहल भईरहेको उहाँले बताउनुभयो । वालवालिका मात्रै नभएर सवै समूहका मानिसहरुलाई ज्वरो र खोकी बढिरहेको उहाँले थप्नुभयो ।
इता कर्णाली स्ववास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा धेरैजसो वालवालिकाहरु रुघाखोकी र ज्वरोका आउने गरेका वालरोग विशेषज्ञ डाक्टर सन्दिप श्रेष्ठले जानकारी दिनुभयो । धेरैजसो अभिभावकले प्रारम्भिक उपचारपछि घर फिर्ता लिने गरेका र केहीको भर्ना समेत भईरहेको जानकारी दिनुभयो । डाक्टर श्रेष्ठका अनुसार प्रदुषणका कारण पनि रुघाखोकीका विरामीहरु बढेको बताउनुभयो । यता जिल्लाको भेरीखोला, सिञ्जा र चौधविस क्षेत्रमा ज्वरोका विरामीहरु मौसम बदलिए सँगै बढेका छन् ।

प्रतिकृया दिनुहोस्