OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३, २०७८ सुर्खेत
९३४ पटक

३ बैशाख २०७८, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत जित्न सफल हुनुभएको छ ।

आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभाको सातौ अधिवेशनको पहिलो बैठकमा सभामुख राजबहादुर शाही समक्ष विश्वासको मतको प्रस्ताव पेश गर्नुभएको थियो । हाल प्रदेशसभामा ३९ सदस्य कायम रहेको प्रदेशसभा सदस्यहरु मध्ये मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्नुभएको हो ।

प्रदेशसभामा कायम सदस्यहरुमा सभामुखसहित २० नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)का १२, काँग्रेस छ र राप्रपाका एक सदस्य रहेका छन् । माओवादी केन्द्र दैलेख क क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीले दल त्याग गरेकोले उहाँको पद भने रिक्त रहेको बैठकमा सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।

काँग्रेसका छ प्रदेशसभा सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन दिएका थिए । यसमा नेकपा एमालेका चार प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा १५ मत परेको थियो ।

प्रतिकृया दिनुहोस्