OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १४, २०७७ सुर्खेत
७७१ पटक

१४ चैत २०७७, शनिबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारीहरु सामाजिक तथा साँस्कृतिक रुपान्तरणको अभियान बन्नुपर्नेमा जोड दिनुभएको छ ।

नारायण नगरपालिका ८ दैलेखमा अवस्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निर्मित डेरी उद्योगको उद्घाटन गर्दै कृषिमन्त्री केसीले सहकारीको अभियानले जनताको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरण हुने बताउनुभयो । “समाजवाद निर्माणको आधार सहकारी बन्नुपर्छ,” मन्त्री केसीले भन्नुभयो, “यसप्रति मेरो बढी विश्वास पनि छ ।”

सहकारीमार्फत सञ्चालन हुने उद्योगले रोजगारी सृजना हुने र त्यसले समाजवादको लक्ष्यमा पुग्न सहयोग पुग्ने बताउनुभएका उहाँले भन्नुभयो, “प्रदेश सरकारले राष्ट्रसेवक सहकारीलाई दिएको रु.एक करोड बजेट १५ दिन खान नपुग्ने र गिट्टी कुट्ने वर्ग समक्ष पुगेको अनुभूति भएको छ ।” मन्त्री केसीले साना किसानका लागि प्रदेश सरकारले ब्याजमा अनुदान दिएर विना धितो ५० हजारदेखि रु.पाँच लाख ऋण लिने व्यवस्था गरेकोले त्यसबाट लाभ लिन आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशसभा अम्मरबहादुर थापाले डेरी उद्योग सञ्चालनले किसानहरुको दुधका बजारीकरण भएको बताउनुभयो । “प्रदेश सरकारको विपन्न लक्षित वर्ग कार्यक्रमअन्तरगत १२१ भेसी वितरणबाट उनीहरुलाई राम्रो लाभ मिलेको छ,” प्रदेशसभा सदस्य थापाले भन्नुभयो, “हिजो गिटट्ी कुट्ने वर्ग आज दुध बेच्ने तहमा आएको छ ।” शेयर सदस्य मोटाउने खालको सहकारीलाई सरकारले प्राथमिकता नदिएको उहाँको भनाई थियो ।

कृषि मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले शहरको पैसा गाउँ भित्र्याउने माध्यम डेरी उद्योग भएको प्रतिक्रिया दिनुभयो । सचिव मिश्रले भन्नुभयो, “यसबाट महिला किसानले प्रत्यक्ष लाभ लिएका छन् । प्रदेशले डेरी व्यवस्थापन गर्दैछ ।” दुग्ध उद्योगमा दैलेखमा नमूना बन्ने भन्दै उहाँले सुर्खेतमा ठूलो क्षमताको पाउडर प्लान्ट बनाउनतर्फ सरकारले पहल गरिरहेको बताउनुभयो ।

रु.दुई करोड ५० लाखमा डेरी उद्योग सञ्चालन

राष्ट्रसेवक तथा उनीहरुका परिवारहरु शेयर सदस्य भएको उक्त बहुउद्देश्यीय सहकारीले रु.दुई करोड ५० लाखमा डेरी उद्योग सञ्चालन गरेको छ ।

उक्त सहकारीका अध्यक्ष खमबहादुर थापाले विसं.२०६४ पुस १६ गते स्थापना भएको र हाल आएर सबै किसानहरुलाई समेट्न सकिएको बताउनुभयो । सहकारीले प्रदेश सरकारको रु.एक करोड दलित लक्षित वर्ग विशेष कार्यक्रम र नारायण नगरपालिका दैलखको रु.४०÷४० लाख, भैसीपालन किसान साझोदरीको रु.१२ लाख १० हजार र सहकारीको आफ्नै रु.५८ लाख ५७ हजार नारायण नगरपालिका दैलेख (प्रयास÷हेल्भटास) को रु.११ लाखबाट दुग्ध चिस्यान केन्द्र निर्माण भएको जनाउनुभयो ।

सहकारीका व्यवस्थापक भूपेन्द्र खड्काले संस्थामा बहाल तथा निवृतिभरण भएका राष्ट्रसेवक र उनीहरुका परिवारसहित गरी ६६८ शेयर सदस्य रहेको बताउनुभयो । रु.६० मा प्रतिदिन ३०० लिटर सहकारीमा दुध संकलन हुने जनाउँदै उहाँले नारायण नगरपालिका ३ दैलेखका ४० दलित घरपरिवारलाई एक÷एक भैसी वितरण गरेर ‘भैंसीपालक नमूना’ बस्ती बनाईएको जनाउनुभयो ।

“हामीले दलितसहित विपन्न गैरदलित गरेर १२१ भैंसी वितरण गरेका छौं,” व्यवस्थापक खड्काले भन्नुभयो, “उनीहरुको भैंसीपालन व्यवसाय व्यवस्थित होस् भनेर पशु प्राविधिकको पनि व्यवस्था गरिएको छ । हिजो जुवातास खेल्ने, गिटट्ी कुट्ने, बेरोजगारहरुले काम पाएका छन् ।” अहिले संस्थाको रु.एक करोड शेयर पूँजी रहेको उहाँको भनाई थियो ।

भैसीपालक कृषक गणेश केसीले दैनिक छ लिटर दुध डेरी उद्योगलाई बेच्ने गरेको बताउनुभयो । दुधको मूल्य भने अपेक्षा गरेजति नपाईएको र त्यसका लागि आवाज उठाउँदै उहाँले जनाउनुभयो । शुक्रबार दैलेख पुग्नुभएका सहकारीमन्त्री केसीले प्रदेश सरकारअन्तरगत दैलेखमा सञ्चालन भएका दलित लक्षित तथा विपन्न विशेष कार्यक्रम, चक्लाबन्दी खेती प्रोत्साहन अनुदान कार्यक्रम, पशु अस्पताल तथा पशु सेवा र कृषि विकास कार्यालयको कार्य सम्पादनबारे अनुगमन गर्नुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्