OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ७, २०७७ सुर्खेत
५१४ पटक

 ७ चैत २०७७, शनिबार

कर्णाली प्रदेशबाट पहिलो पटक दिनेशकुमार शाहीले उर्जामा विद्यावारिधी गर्नुएको छ । विश्वकै उत्कृष्ट विश्वविद्यालय मध्यको एक मानिने जापानको टोक्यो सिटी विश्वविद्यालयबाट शाहीले विद्यावारिधी गर्नुभएको हो ।

उर्जाको खानी मानिने कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बन्नुभएको छ । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधि प्रदान गरेको हो । नेपालको त्रिभुवन विश्वविद्यालयबाट गणितमा स्नातकोत्तर समेत गर्नुभएका उहाँले विकासोन्मुख देशहरुले उर्जामा कस्तो नीति बनाउने भन्ने विषयमा गहन अनुसन्धान गर्नुभएको छ ।

रास्कोट नगरपालिका ५ कालिकोटको एक सामान्य परिवारमा जन्मिनुभएका शाहीको यो अध्ययनले नेपालको उर्जा विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्ने आशा गरिएको छ । विद्यावारिधी प्राप्तिपश्चात् उहाँले भन्नुभयो, “्कर्णाली जस्तो अत्यन्त न्यून गुणस्तरको प्रारम्भिक शिक्षा लिएर अत्यन्त उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा हाँसिल गरेका अन्तराष्ट्रिय क्षेत्रका व्यक्ति तथा अनुसन्धानकर्तासँगको प्रतिस्पर्धाबाट शिक्षा हासिल गर्न त्यति सहज भने पक्कै छैन । यद्यपि मलाई सधैं केही नयाँ गरौं र सिकौ भन्ने कुरामा अलि बढी ध्यान हुन्छ ।”

विद्यावारिधीको क्रममा शाहीका अनुसन्धानमूलक दुईवटा सामग्री विश्वकै नम्बर १ जर्नल एल्सेभिरद्वारा प्रकाशित ‘इनर्जी एण्ड विल्डिङ’ र ‘विल्डिङ एण्ड इन्भारोमेन्ट’ मा प्रकाशित भएका छन् । साथै उहाँले विश्वविद्यालयबाट विश्वका धेरै गोष्ठी, सेमिनारहरुमा सहभागी भएर आफ्ना प्रस्तुति दिइसक्नुभएको छ । उहाँले टोक्यो विश्वविद्यालयबाट वेस्ट प्रिजेन्टेशन अवार्ड र हाइ इम्प्याक्ट जर्नलमा प्रकाशन गर्न सफल भएकोमा अवार्ड प्राप्त गर्नुभएको छ ।

एल्सेभिरमा जर्नलमा प्रकाशित शाहीका आलेखमा घरमा प्रयोग हुने तथा समग्र ऊर्जाको तर्कसंगत प्रयोगका बारेमा उल्लेख गरिएको छ । उहाँको यो अध्ययन उर्जा क्षेत्रको बहसमा नयाँ अवधारणा मानिएको छ । विकसित देशहरुले गर्ने अत्यधिक ऊर्जाको प्रयोगले वातावररणमा अत्यन्त नकारात्मक असर परिरहेको बेला दिगो विकासको अवधारणा अनुसार ऊर्जा खपत र वातावरणीय सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषय पनि उहाँले अनुसन्धान गनुभएको छ ।

नेपाल जस्ता विकासिल देशहरुले विकशित देशहरुले गरेको भूलबाट पाठ सिकेर नयाँ विधिबाट अघि बढ्नुपर्नेमा उहाँको निष्कर्ष छ । त्यसका लागि उहाँले तर्कसंगत अवधारणा पनि अघि सार्नुभएको छ । विश्वमा सबैभन्दा बढी उर्जा घरायसी प्रयोजनमा खपत गरेको पाइन्छ । भविष्यमा नेपालमा पनि घरायसी प्रयोजनमा ऊर्जाको खपत बढ्न सक्ने अनुमान गर्दै उहाँले यसमा के गर्न सकिन्छ भन्ने कुरामा नयाँ अवधारणा अघि बढाईएको बताउनुभयो । नेपालका धेरै जाडो हुने र अत्यधिक गर्मी हुने ठाउँमा घरहरुलाई सुधारेर घरभित्रको तापक्रम प्राकृतिक तरिकाले वृद्धि गरी २० प्रतिशतसम्म उर्जा बचत गर्न सकिने विधि पनि उहाँले अध्ययनमा देखाउनुभएको छ, जसलाई उहाँको अनुसन्धानको महत्वपूर्ण पक्ष ठानिएको छ ।

उहाँ भन्नुहुन्छ्, “नेपाल विश्वको सबैभन्दा कम प्रतिव्यक्ति उर्जा खपत गर्ने देश हो । उत्पादित उर्जाले मानिसका सामान्य आवश्यकताहरु पनि परिपूर्ती गर्न सकिएको देखिदैन । त्यसैले उर्जाको विकास गर्न त जरुरी छ नै । त्यसका लागि दिगो विकास र तर्कसंगत तरिकाले राष्ट्रिय उर्जा रणनीति बनाउनु जरुरी छ । यसमा गहिरो अनुसन्धान र तथ्यहरुको विश्लेषण गरेर निष्कर्षमा पुग्नु जरुरी छ । नत्र हामी पनि अन्य देश जस्तै हतारमा निर्णय गरी पछि पछुताउने अवस्थामा हुन सक्छौं ।”

भौगोलिक जटिलताका कारण कर्णालीलाई अझै पनि नेशनल ग्रिडमा जोड्न नसकिएको भएपनि प्रशस्त नविकरणीय उर्जाका स्रोतहरुको समुचित उपयोग गरी विकेन्द्रीकृत ऊर्जा प्रयोगको अवधारणामा जाँदा बढी उपयोगी हुने उहाँको भनाई थियो । उहाँ अगाडि भन्नुभयो, “नेपाल जस्तो ‘रन अफ रिभर’ भएको देशले वातावरणीय अनुकूलतालाई ध्यानमा राखी नविकरणीय ऊर्जाको उत्पादनमा जोड दिएर विश्वमै उदाहरणीय काम गरेर देखाउने महत्वपूर्ण अवसर छ । यो मौकालाई कर्णाली र नेपालले गुमाउनु हुँदैन ।”

शाहीले अध्ययन अनुसन्धानका साथै जापानका बिभिन्न कम्पनीमा काम गरी जापानी कम्पनी व्यवस्थापन र हस्पिटालिटि, समय व्यवस्थापन, सानो कुरामा ख्याल राख्न उत्कृष्ट मानिने जापानी व्यवस्थापनमा समेत उहाँले दख्खलता राखेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्