OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७७जुम्ला,
७४२ पटक

 

२०७७ माघ १ गते ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माण गर्नका लागि गाउँपालिका अध्यक्ष नरविर रावतले शिलान्यास गर्नुभएको छ ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ ।

अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रु १८ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । अस्पताल बनाउन २२ जना स्थानीय बासी ३ हजार ५ सय वर्गमिटर जग्गा निशुल्क उपलव्ध गराएका छन् ।
शिलान्यस कार्यक्रममा निशुल्क जग्गा उपलव्ध गराउने स्थानीय नागरिकलाई गाउँपालिकाले सम्मान गर्नुका साथै कदरपत्र पनि उपलव्ध गराएको छ ।

नागरिकले निशुल्क उपचार गर्न पाउने जुम्लाकै ठुलो १५ शैयाको सरकारी अस्पताल कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा बन्ने भएको भन्दै गाउँपालिका अध्यक्ष रावतले प्रशसा गर्नुभयो । उहाँले यहाँ अव अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहज रुपमा निशुल्क उपचार पाउने छन् ।

यस्तै यसअघि तिला गाउँपालिका–३ कुडारीमा १० शैयाको अस्पताल बनाउनका लागि शिलान्यास भईसकेकोे छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत जुम्ला पुगेर शिलान्यास गरेका हुन् ।

स्वास्थ्य चौकीमा ल्याव सञ्चालन

यसैगरी कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा ल्याव सञ्चालन गरिएको छ । यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण ल्याव सञ्चालन नहुदा दुईदिन पैदल यात्रा गरी सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो ।
तर ग्रामीण भेगका स्वास्थ्य चौकीका ल्याव सञ्चालनमा आएपछि दिसा, पिसाव, खकार लगायत अन्य परीक्षण गर्न सहज भएको इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

यहाँका नागरिक विरामी हुदा स्थानीय स्तरमै ल्याव परीक्षण गरी आवश्यकता अनुसार औषधि उपचार गर्न सकिने अवस्था भएको उनको भनाई छ ।

कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा कोभिड अस्थायी अस्पताल समेत संचालनमा ल्याएको छ । बुधबार औपचारिक रूपमा उद्घाटन गर्दै कनकासुन्दरी गाउँपालिकाले ५ शैयाको भिन्नै कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको स्वास्थ्यकर्मी नेत्र खत्रीले जानकारी दिनुभयो । कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले थप्नुभयो ।

कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले जानकारी दिदै अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर, मेडिकल अफिसर वाहे अरू स्टाफ भर्ना गरी काम काम शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्