OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३, २०८३
१७ पटक

३ बैशाख २०८२, बिहीबार

सुर्खेतः कणाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ मा आजबाट ‘हामी छौं फाउण्डेसन’को सुर्खेत शाखा विस्तार भएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी आज उक्त शाखाको उद्घाटन गर्नुभएको छ । बाबा आमा फाउण्डेसनको व्यवस्थापनमा उद्घाटित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले ‘हामी छौं फाउण्डेसन’को सुर्खेत शाखा विस्तारले मानवता प्रवद्र्धनमा थप टेवा पुग्ने बताउनुभयो ।

आपत विपत्को साथी बनेर यहाँका सामाजिक सेवामा लागेको उक्त संस्थासँग कर्णाली प्रदेश सरकार सहकार्य गरेर काम अगाडि बढाउन तयार रहेको उहाँले बताउनुभयो । ‘हामी छौं फाउण्डेसन’को नाम जस्तै सबै एकै ठाउँमा आएर यहाँको विकास र समृद्धिमा सहयोग पुग्ने र परिणाम देखिने काम गरौं,” मन्त्री भण्डारीले भन्नुभयो ।

फाउण्डेसनका अध्यक्ष शाहले विशेषगरी कर्णालीका निमुखा, गरिब र समस्यामा परेका बालबालिकाको शिक्षा र स्वास्थ्यमा केन्द्रित भएर काम गर्ने बताउनुभयो । मूलतः मनोरञ्जन र सम्मानबाट प्राप्त स्रोतलाई समाजको हितमा प्रयोग गर्ने उद्देश्यका साथ फाउण्डेसनको जन्मभएको उहाँले जनाउनुभयो । अध्यक्ष शाहका अनुसार फाउण्डेसनको कार्य क्षेत्र नेपालभरि नै विस्तार गर्ने लक्ष्य रहेको छ ।

उक्त कार्यक्रममा उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षविक्रम खड्का, अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, वडा नं.१२ का अध्यक्ष चुडामणि चपाई, समाजसेवी हरि विष्टलगायतले प्राकृतिक तथा पुरातात्विक र धार्मिक सम्पदाले सम्पन्न कर्णालीको समृद्धि र यहाँका नागरिकहरुको जीवनस्तर उकास्न फाउण्डेसन सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । फाउण्डेसनका सदस्य शान्ताराम सेन्चुरीले संस्थाको परिचय, उद्देश्य र हालसम्म गर्दै आएका कामबारे जानकारी दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्