OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष २४, २०७७जुम्ला,
९४७ पटक

खलंगा पुस २४ गते । गएको एक हप्तामा जिल्लामा सडकमा बस्न वाध्य मानवहरुको खोजी भएको छ । सामाजिक विकास कार्यालयले एक हप्तामा स्थानीय तहको समन्वयमा ४८ जना सडक मानव भएको तथ्यांक सार्वजनिक गरेको छ ।

कार्यालय प्रमुख बलविर सुनारले जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको समिक्षामा सो तथ्यांक सार्वजनिक गर्नुभएको छ । उहाँले ४ जनालाई यो हप्तामा उद्धार गरिनुका साथै अन्य ४८ जना व्यक्तिहरु स्थानीय तहको सहयोगमा तथ्यांकमा सार्वजनिक भएको जानकारी गर्नुभयो ।

कार्यालय प्रमुख सुनारका अनुसार कनकासुन्दरीमा १६ जना, चन्दननाग नगररपालिकामा १३ जना, पातारासी गाउँपालिकामा १० जन, सिञ्जा गाउँपालिकामा ३ जना, तातोपानी र गुठिचौरमा २ जना सडक मानव रहेका छन् ।

एक हप्ता अघि जिल्ला प्रशासन कार्यालयको आयोजनामा, चन्दननाथ नगरपालिका, जिल्ला समन्वय समिति, सुरक्षा निकाय प्रमुखहरु, नेपाल पत्रकार महासंघ, नागरिक समाज सहित सडक मानवको व्यवस्थापनको बिषयमा बसेको वैठकमा एक हप्ता भित्र तथ्यांक संकलन गर्न सामाजिक विकास कार्यालयलाई जिम्मा दिईएको थियो । सोही क्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।
दिर्घकालिन सेवा केन्द्रको पहल शुरुः
वैठकमा जुम्लाका ६ जनालाई सुर्खेतको मानव सेवा आश्रमममा पठाईएको भएपनि अव धेरै भएकाले जिल्लामै दिर्घकालिन आश्रय स्थलका लागि पहल शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दिर्घकालिन भौतिक संरचना, दिर्घकालिन स्रोतका लागि स्थानीय सरकार सँग वैठक राख्न आवश्यक रहेकाले वैठक बसाल्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस अघि तत्कालिन समयमा जिल्ला विकास समितिको सहयोगमा निर्माणाधिन अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रको भवनलाई निर्माण कार्य पुरा गर्नका लागि प्रदेश सरकारलाई सहयोग माग्ने निर्णय भएको छ । सो भवनमा तत्कालका लागि मानव सेवा आश्रम संचालन गर्न सकिने पुनस्र्थापना केन्द्रका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्