OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ३, २०७७
११२३ पटक

२०७७ असोज जुम्ला—संविधान दिवसको अवसरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाले संविधान दिवसको अवसरमा सम्मानपत्रसहित दोसल्ला ओडाएर स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल जुम्लाका रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावल, डा. धिरज गुरुङ रहेका छन् । त्यसैगरी, जनस्वाथ्य सेवा कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रेम सोमाई, आयुर्वेद चिकित्सक प्रतिभा शर्मा सम्मानित भएका हुन् ।
यसैरी चन्दननाथ नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पृथ्वीनाथ योगी, जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महतलगायत नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको चन्दननाथ नगरपालिकाले सामाजिक सञ्जालमा जनाएको छ ।

प्रतिकृया दिनुहोस्