OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

“उर्मिलाको अनुभवमा ठूलो जाति भनिएकाले खुट्टामा ढोगेको त्यो दिन”

डाक्टर निलमको छुवाछुत अन्त्यको मौन आन्दोलन

नेत्र शाही, जेठ २८, २०७७जुम्ला,
२२५७ पटक

२८ जेठ २०७७ बुधवार । जातीय छुवाछुत सँग जोडिएको भनेर बहश भईरहेको सोती घटना र यस्तै अन्यबाट समाजमा उठेका छुवाछुत घटनाले अहिले मानिसहरुमा विभिन्न प्रकारका जिज्ञासाहरु उठ्न थालेका छन् ।

सरकारले घटनाको अनुसन्धान गरिरहेको समयमा भने विभिन्न कोणबाट यसको वहश हुन थालेको छ । जुम्लामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत बरिष्ठ न्यूरो सर्जन डा.निलमकुमार खड्का पनि यति वेला कोरोना भाईरस विरुद्धको लडाईमा खटिरहनुभएको छ । तर पछिल्लो रुकुमको घटनाले मानवजाती माथी नै कलंक र अपमान गरिएको घटना भएको भन्दै कोरोना भन्दा पनि खतरानाक छुवाछुतका घटनाले आफुलाई सुत्न मन नलागेको भन्दै दुई दिनभोक हड्ताल गर्नु भएको छ ।
न्यूरो सर्जनद्धारा थर परिवर्तनको घोषणा :

डा. खड्काले त्यतिमात्र होईन मौन विरोध स्वरुप दलित महिलाको खुट्टा ढोकेर, आफ्नो थर समेत त्याग्ने घोषणा गर्नु भएको छ ।
दलित महिलालाई ढोगेर उहाँले जातनै परिवर्तन गर्छु भनेपछि अहिले फरक सन्देश गएको छ । जसलाई उहाँले ढोग्नुभयो, जुस खाएर दुई दिने भोक तोड्नुभयो । ति महिला ‘उर्मिला नेपालीले माथिल्ला जातका मानिसले दलितलाई ढोगेको त्यो दिन ईतिहास भएको भन्दै आखाबाट आशु समेत निकाल्नुभयो । ।’
डा. निलमले चन्दननाथ मन्दिरमा दुई दिन भोक हडताल गरेर स्थानीय चन्दननाथ नगरपालिका वडा नं ४ निवासी उर्मिला नेपालीको हातबाट जुस खाएर भोक हडताल तोड्नु भएको छ । उर्मिलाको खुट्टा ढोगेर सममाजको कुसस्कृत सोच बदल्ने आन्दोलन शुरु भएको बताउनुभयो । उहाँले थर कसरी परिवर्तन हुन्छ भन्ने जिज्ञासामा आफुले नागरिकता लिएको जिल्ला प्रशासनकमा निवेदन समेत दिने बताउनुभयो ।
पत्रकार भेटघाटमा उर्मिलाले गहभरी आशु निकाल्दै भन्नुभयो, पहिले भन्दा अहिले छुवाछुत कम त भईरहेको छ तर अहिले पनि मान्छे मारिएको भन्ने घटना सुन्दा अच्चम लागेको र डाक्टर सावले समेत मेरो खुट्टा छुनु भएकोमा धन्यवाद दिनुभयो । आखिर रगत सवैको एउटै हुन्छ होला नि उहाँले प्रश्न पनि गर्नुभयो ?
तत्लो र माथिल्लो जात भनेर ज्यान समेतमा प्रवाह नगर्ने कलंक जस्ता घटनाको जति निन्दा गरेपनि हनपुग्ने भन्दै डा. निलम कुमार खड्काले आफुले नयाँ चेतना दिन खोजिरहेको सन्देश फराकिलो बनाई दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
माथिल्लो जाति भनिएकाले दलितलाई ढोग्नु हुन्न भन्ने ब्रेक गरेको उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल नजिकको शाही सदन जुम्लाको हलमा आयोजना गरिएको पत्रकार भेटघाटमा भन्नुभयो । आफु छुवाछुत त कहिल्यै मान्दैन तर कुनै पनि विभेदले एक मानिसले अर्कोको हत्या गर्न पुग्ने मानव नभएको भन्दै आफ्नो नाम निलमकुमार खड्का बाट (निलमकुमार मानव) भएको पत्रकार भेटभाटमा घोषणा गर्नुभयो ।
पत्रकार भेटघाटमा उहाँले ‘मानिस ठूलो दिलले हुन्छ,’ भन्ने महाकवि लक्ष्मी प्रसाद देवकोटाकाको हरफमा लेखिएको व्यानरमा दलित महिलालाई ढोगेको व्यानरको तस्बिर टाँसेर सार्वजनिक समेत गरिएको छ । डा. खड्काको समाज सुधार्ने चेतनामुलक आन्दोलन अव कर्णालीबाटै शुरु हुनुपर्ने पत्रकार भेटघाटमा उपस्थित प्राध्यापक रामप्रसाद उप्रेतिले बताउनुभयो । उहाँले कुनैवेला गणराज्यको राजधानीको नेतृत्व गरेको सिञ्जा र कर्णालीले अव यस्ता प्रकारका कुरिति हटाउने र नेतृत्व गर्नुपर्ने हो भने यहाँको समृद्धि संसारकै उत्कृष्ट हुनेमा दुईमत नभएको बताउनुभयो । डा. खड्काले जुम्लामा जटि ब्रेन हेमोरेज सहितका विभिन्न सल्यक्रियाहरु गरि सक्नु भएको छ ।
समाज रुपान्तरण आयोगको माग :
डा. खड्काले अव ‘राष्ट्रिय समाज रुपान्तर आयोग’ आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले सोति घटनाका दोषीलाई कारवाही सहित ‘राष्ट्रिय समाज रुपान्तरण आयोग’ गठन गर्न माग गर्नुभएको छ ।
उहाँले राम शाहका पालामा गरिएका र जंगबहादुरका पालमा लालमोहर लगाईएाक ४ जात छत्तिस बर्ण अकाट्य नभएको भन्दै अहिलेको विज्ञानले भने ४ वटा रक्तसमूह नै जात भएका र ति सवै वराबर भएकाले परिर्वन गर्न सकिने बताउनुभयो ।
डा. खड्काले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी सहिते नाममा केही माग राख्नु भएको छ । पहिलो सोती हत्या काण्ड र अंगिरा पासीको घटनाका दोषीहरु छानविन गरि कारवाही गरिनुपर्ने, राष्ट्रिय दलित आयोगको आयूक्त नियूक्त गरिनुपर्ने, सातवटै प्रदेशमा न्यूरो सर्जरी र ढाड्को सल्यक्रिया हुने व्यवस्था सहितका मागहरु समेत गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्