OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १७, २०८०सुर्खेत
६० पटक

१७ फागुन २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका प्रतिभालाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्नेमा जोडदिनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज अयोजित ‘कर्णाली प्रादेशिक ललितकला प्रर्दशनी–२०८०’को उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रदेशका प्रतिभाहरुलाई ललितकलामार्फत उजागर गर्नुपर्ने जनाउनुभयो । उहाले भन्नुभयो, “ईच्छा शक्ति र व्यवस्थापकीय क्षमता मुख्य हो । यसको समुचित प्रयोगबाट मात्र देशले अपेक्षित प्रतिफल प्राप्त गर्दछ ।” कर्णालीबाट गुमनाम भएका सभ्यता र लुटिएका कलालाई ललितकलाका माध्यमबाट बाहिर ल्याउन सकिने मुख्यमन्त्री शर्माको भनाई थियो ।

मुगुको राराताल, हुम्लाको लिमी र जुम्लाको सिजा उपत्यका, डोल्पाको धो तथा शे–फोक्सुन्डो, कालीकोटको पचाल झरना, दैलेखको पञ्चकोशी, सुर्खेतको काक्रेबिहारलगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुलाई कलात्मक सृजनावाट विश्वसामु चिनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग हुने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाडौं भन्दा विशाल सभ्यता बोकेको कर्णाली प्रदेशलाई पछि पारिएकोले यसको उत्थान विकासमा संघीय सरकारले विशेष जोड दिनुपर्दछ ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली राष्ट्रिय तथा अन्तराष्टियस्तरमा पहुँच वृद्धि गरी विश्वमा कर्णाली तथा नेपालको पहिचान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुसन्धान, सृजना र सम्मानलाई मूल नारा बनाएर अगाडि बढेका छौं । अब विद्यालय तथा विश्वविद्यालयस्तरमा ललितकलाका विषयमा अध्ययन अध्यापन हुनुपर्छ जसले नयाँ प्रतिभा उजागर गरोस् ।”

कर्णाली मौलिक संस्कृति र सभ्यताको विकासको तरंग अन्तराष्टियस्तरमा पुयाउन सास्कृतिक वुद्ध जन्माउनुपर्ने भन्दै उहाँले अहिलेसम्म यससँग सम्बन्धित स्रष्टाहरु नभएकोले अब प्रदेशमा ललितकलासम्बन्धी प्रतिभा खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार कोन्कयाप लामाले कर्णालीबाट यो क्षेत्रमा आफ्नो नाम उँचो बनाउनुभएको छ ।

अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष भीम कुमाँखीले ललितकलालाई भुल्दा विशाल कर्णालीको स्वरुप ,संरचना सभ्यतामा हराउदै गएको तर्क गर्नुभयो । लोपोन्मुख अवस्थामा रहेका संस्कृति संरक्षण र प्रवद्र्धनमा सबै सरोकारवालाहरुको ध्यान जानुपर्दछ,” उहाले भन्नुभयो, समाजिक रुपान्तरणका लागि ललितकला अभियान थाल्नुपर्दछ ।”

समाजसेवी तथा बालरोग विशेषज्ञ डा.नवराज केसीले सृजनाको विकास आमाको कोखबाटै हुने भन्दै बाल विकासको उपरान्त समाजको विकास हुने जिकिर गर्नुभयो । कर्णालीलाई चलाउने भावी नेतृत्व जन्माउन यो कार्यक्रमले विशेष मद्दत पुग्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति सुर्खेतका सदस्य जीतबहादुर रानाले यहाँको संस्कृति र मानव जीवनलाई क्यानभासमा उतार्न प्रदर्शनीले सघाउने धारणा राख्नुभयो । पाँच दिन सम्म सञ्चालन हुने कर्णाली प्रादेशिक ललितकला प्रर्दशनीमा ४६ स्रष्टाले ललितकलासँग विभिन्न समाग्रीहरु प्रदर्शनीमा राखेका छन् ।

प्रतिकृया दिनुहोस्