OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १८, २०८०सुर्खेत
१२६ पटक

 

१८ मंसिर २०८०, सोमबार

लोपोन्मुख फिरन्ते राउटे जातिका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसी उपहार दिनुभएको छ ।

‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा मुखिया शाहीले अध्यक्ष ओलीलाई कोसी उपहार दिनुभएको हो । कोसी राउटे समुदायले आफ्नो जीविकोपार्जनका लागि बनाउँदैं आएको काठको सामग्री हो ।

उपहार ग्रहणपश्चात् एमाले अध्यक्ष ओलील आफूले लगाएको फुलको माला निकालेर राउटे मुखिया शाहीलाई लगाउँदै भन्नुभयो, “राउटे समुदायको अस्तित्व बचाएर जीविकोार्जनमा सहज बनाउन, शिक्षा स्वास्थ्यमा सहज पहुँच पु¥याउन तथा नीतिगत कार्यक्रम बनाएर सहयोग गर्न एमाले तयार छ ।”

स्वागत कार्यक्रममा राउटे मुखिया शाहीले आफ्नो समुदायको पुख्र्यौली पेशा नैं संकटमा पर्दै गएका कारण बाँच्न समस्या भएको दुखेसो पोख्दै भन्नुभयो, “हामीलाई जंगल बस्न समस्या छ । हाम्रो समस्या बुझ्ला (बुझ्नुहोला) भनेर तपाई प्रधानमन्त्री केपी ओली ज्यूलाई भेट्न आयाको (आएको) । ओलीज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या । अब पनि केहि सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं ।”

राउटे मुखियाले चिसोमा न्यानो लुगा दिन र खाद्य उपलब्ध गरिदिन पनि अध्यक्ष ओलीसँग बिन्ति गरे । अभियानका क्रममा उहाँले गुराँस गाउँपालिका दैलेखको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्राकृतिक सम्पदाले भरिपूर्ण गुराँस गाउँपालिकाको पर्यटकीय विकास र वातावरणीय संरक्षणमा ध्यान दिन सुझाउनुभयो ।

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञावली, विष्णु रिमाल, सचिव पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी रहनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्