OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २२, २०८०जुम्ला ।
१५९ पटक

कात्तिक २१ गते, जुम्लामा पत्रकारहरुलाई एन्टिबायोटिक रेसिष्टेन्ट विषयमा सचेतना कार्यक्रम गरिएको छ । जुम्ला, मुगु र कालिकोटका पत्रकारहरुलाई जथाभावी एन्टिवायोटिक प्रयोग गर्दा पर्ने असर तथा काम गर्न छोड्ने विषयको असरका विषयमा सचेतना कार्यक्रम गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा यूएसएआईडिको सहयोगमा सचेतना कार्यक्रम गरिएको थियो । जथाभावी औषधीको प्रयोगले हुने असर वा एन्टिवायोटिकले विस्तारै काम नगरी विरामी हुने र मृत्यूको मुखमा पुरयाउने डर हुने साईलेन्स महामारीको रुपमा एन्टिवायोटिक रेसिष्टेन्ट रहेकाले पत्रकारहरुलाई सचेतना कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशका सातबटा प्रदेश राजधानीमा पत्रकारहरुलाई एन्टिवायोटिक रेसिष्टेन्ट अर्थात जथाभावी औषधी प्रयोगले काम नगर्ने अवस्था पछिको जोखिमको अवस्थाका बिषयमा सचेतना दिएपछि जिल्लागत दौडाहमा अभियानकै रुपमा अगाडि बढाईएको जानकारी दिएको छ । मन्त्रालयका मेडिकल ल्याव टेक्नोलोजिष्ट राजकुमार पाण्डेका अनुसार एन्टिवायोटिकको जथाभावी प्रयोगले नेपालमा पनि साईलेन्स महामारी देखिएकाले पहिलो प्रथामिकता पत्रकारहरु मार्फत सचेतना गराउन अभियान थालिएको बताउनुभयो । उहाँले देशका सात प्रदेशका ४३५ बढि पत्रकारलाई सचेतना दिएर सकिएपछि जिल्लामा संखुवासभा पछि जुम्लामा पत्रकारहरुलाई सचेतना दिने कार्यक्रम राखिएको थियो । जुम्लामा जुम्लाका २८ जना, मुगुका ५ जना र कालिकोटका ३ जना गरि ३७ जना पत्रकार सहभागि भएका उहाँले जानकारी दिनुभयो ।

सेचतना कार्यक्रममा पत्रकारहरुलाई एन्टि माईक्रोवियल रेसिष्टेन्ट साईलेन्स महामारी, एएमआर विश्वव्यापी खतरा, घातक स्वास्थ्य समस्या विरुद्धको लडाई, एएमआरमा लैंगिक असमानताको प्रभाव, बहुएन्टि माईक्रोवियल प्रतिरोधी घातक जिवाणुको उदय, एन्टिमाईक्रोवियल रेसिष्टेन्टको रोकथाम तथा सञ्चारकर्मीको भूमिका विषयमा स्वास्थ्य क्षेत्रका जानकार तथा पत्रकारबाट सहजीकरण गरिएको छ । कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले जुम्लामा डाक्टरको सिफारिस विना औषधी लिने चलन भयभह रहेको बताउदै आगामी दिनमा सचेतना आवश्यक रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डाक्टर पुजन रोकायाले हाम्रो शरिर बचाउन चाहिने एन्टिवायोटिक डाक्टरको सिफारिस विना खाएमा झन असर हुने बताउदै यसको सुरक्षाका लागि सवै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय तथा सहयोगी निकाय यूएसआईडिको सहयोगमा जुम्ला, मुगु र कालिकोटका पत्रकारहरुलाई जुम्लामा भेला गराई माथिल्लो कर्णालीमा एन्टिवायोटिक रेसिष्टेन्ट विषयमा सचेतना महत्वपूर्ण रहेको बताएको छ । यूएस आईडि नेपाल परियोजना निर्देशक डाक्टर विर्ना ट्रापले एन्टिवायोटिक औषधीले मानिसको जीवन बताउने हावा, पानी जस्तै महत्वपूर्ण रहेको बताउदै कानूनी दायरामा मात्र रहेर प्रयोग गर्ने सचेतना दिन पत्रकारको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारको भूमिका निति वदल्न पहल गर्ने सम्म भएकाले कर्णालीमा यो बढि सचेतना फैलाउने आशा गरिएको बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्