OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र २२, २०८०जुम्ला,
१७१ पटक

भदौ २२ गते । जुम्लाका जेष्ठ नागरिकको लागी आयूवेर्द स्वास्थ्य सेवा अन्तरगत तीन दिने स्नेह स्नीग्घ शिविर गरिएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यजनर गरी भदौ १९ गते देखि २१ गते सम्म निशुल्क शिविर गरिएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा जेष्ठ नागरिकको उपचारमा सहजता प्रदान गर्नका लागी तिनदिने शिविर संञ्चालन गरिएको डाक्टर प्रतिमा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो शिविरमा आएर सेवा दिनपाउदा आमा बुवाको आसिरवार्द मिलेको बताउनुभयो । सेवा लिने ज्येष्ठ नागरिकहरु २ सय ९८ जना रहेका छन् । आयूवेर्द केन्द्र सदरमुकाम भन्दा टाढा र उकालो भएकाले ज्येष्ठनागरिकको सजिलोका लागि शिविर संचालन गरिएको छ ।
उहाँले’सेवा नै धर्ममा हो । आजको युवा भोलीका जेष्ठ नागरिक भएकाले सबैले सहयोग गर्नु पर्ने बताउदै बुढेसकालमा नागरिकलाई साइड इफेक्ट नगर्ने औषधिहरु चाहिने भएको हुँदा शिविर संचालन गरिएको हो ।

यसैगरी आयुवेर्द स्वास्थ्य केन्द्र जुम्लाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी जुम्ला सदरमुकाममा रहेको ज्येष्ठ नागरिकको कार्यालयमा आयुवेर्द स्वास्थ्य केन्द्र स्थापना गरेको छ । त्यहाँ विभिन्न प्रकारका औषधीहरु राखेर सेवा दिईएको निमित्त कार्यालय प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले बर्खा याममा विभिन्न प्रकारका प्रकोपहरु हुने डर भएकाले घुम्ति शिविर राखेर उपचार गरिएको बताउनु भयो ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले आयुवेर्द औषधी केन्द्रका लागि औषधी तथा शिविर संचालन गरेर सहयोग गरेकोमा आयूवेर्द स्वास्थ्य केन्द्र जुम्लालाई धन्यवाद ज्ञापन गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ज्येष्ठ नागरिको अधिकार र स्वास्थ्यका लागि सवैको जोड हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जेष्ठ नागरिकको हक अधिकारको लागि स्थानीय सरकारले वास्ता नगरेको गुनासो पोख्नु भयो ।

चन्दननाथ नगरपालिका ७ महतगाउँका रघुबिर महतले आयुर्वेद केन्द्रले दिइएको अभ्यङ्ग (स्नेहत) स्वेदन (सेक्ने ) सेवा अत्यान्तै राम्रो भएको बताउनुभयो । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले ज्येष्ठ नागरिकको लागि आयुवेर्द औषधी पसल दिगो गर्न सवै लागि पर्न आवश्यक रहेको छ ।


क्याप्सन ः ज्येष्ठ नगारिकलाई आयूवेर्द स्वास्थ्य सेवा अन्तरगत स्नेह स्नीग्घ सेवा घुम्ति शिविरमा उपचार गरिदै तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्