OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १९, २०८०जुम्ला,
२६७ पटक

वैशाख १८ गते । जुम्लाको करिब १ मेघावाटको चुकेनी जलविधुत आयोजना ढिलाई भएको भन्दै स्थानीय चिन्तामा परेका छन् । उनिहरुले जलविधुतको कामको अवधि नाघि सक्दा पनि काम सम्पन्न नभएको भन्दै छिटो वनाउने वातावरण गरिदिन हुन अनुरोध गरेपछि स्थानीय सरकार सहित जिल्लाका सरोकारवालाले अनुगमन गरेका छन् ।

९९८ किलोवाटको उक्त चुकेनी जलविधुत ३ बर्ष देखी काम शुरु गरिएकोमा उत्पादन तर्फको काम २०८० वैशाख २ गते सम्म काम सक्ने सम्झौता समय अवधि नाघेपछि स्थानीय चिन्तित भएका हुन् । वैशाखमा कामको अवधि भएपनि दशै सम्म वनाईनुपर्ने संचालन समिति, स्थानीय देखी सरोकारवाला निकायको जोड रहेको छ ।

गाउँपालिका अध्यक्ष पुर्णसिंह वोहराले कामको ढिलाई हेर्दा समयमा वनाउने विषयमा निर्माण व्यवसायीले आनाकानी गरिरहेको बताउनुभयो । उहाँले केही स्थानमा गुणस्तरहिन काम गरिएकाले पुर्न निर्माण गरिनुपर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जुम्लाकै समृद्धिका लागि उहाँले नागरिकको ठूलो ऋणको रकम समेत यस आयोजनामा लगानी भएकाले ढिलाई भए समस्या आउने बताउनुभयो ।
कामको ढिलाई तथा क्यानल पर्खाल चर्किएको बिषयमा गुनासो आएपछि स्थानीय सरकार सहित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र, काम गरिरहेको निर्माण कम्पनी, संचारकर्मी सहितको टोलीले आयोजना स्थलको अनुगमन गरेर फर्किएको छ ।

अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले चुकेनी जलविधुतको बिषयमा तुरुन्तै जिल्ला स्तरीय वैठक बसाल्ने बताउनुभयो । उहाँले काम चाडो वनाउने र गुणस्तरताका बिषयमा ध्यान दिन आवश्यक भएको भन्दै प्रतिवद्धताका लागि जिल्ला स्तरीय वैठक आह्वान गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले चुकेनी जलविधुत जिल्लाकै भरोसाको योजना भएकाले निर्माणमा ढिलाई तथा गुणस्तरताको बिषयमा गुनासो आएपछि अनुगमन गर्नु पर्ने अवस्था आएकोमा जोड दिनुभयो । उहाँले यस बिषयमा स्थानीय देखी सवै निकाय सचेत हुनेमा जोड दिनुभयो ।

निर्माण कम्पनीले भने दशैमा बत्ति वाल्ने तयारीका साथ काम अगाडि बढिरहेको दावी गरेको छ । निर्माणको जिम्मा लिएको फेवा कन्टक्सन प्राली पोखराले स्थानीय स्तरमा मेघा कन्स्टक्सन प्राली मार्फत काम गरिरहेको छ । मेघा कन्सट्रक्सन प्रा.लीका प्रवन्धक चन्द्र भण्डारीका अनुसार अहिले मुख्य पाईप जडानको काम हो । सामान ल्याउने काम फागुनमा हुनुपर्नेमा बाटोको कारण केही ढिला भयो । उहाँले दशैमा बत्ति वाल्ने तयारीको साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पावर हाउस मेसिन जडान र टिन छाउने, पर्खाल लगाउने काम वाँकी रहेको बताउनुभयो । पावर हाउस १५ दिनभित्र छाउने प्रतिवद्धता जनाउनुभयो ।

प्याकेज १ को काम सम्पन्न :
उत्पादन तर्फको प्याकेज एक मुआब्जा कर सहित ३० करोड ७५ लाख ३ हजार ७ सय १२ रुपैया रहेको छ । जसमा नेपाल सरकार एशियाली वैंकको सहयोग रु १९ करोड ९१ लख एक हजार, सहकारीको रु ३ करोड ३० लाख २६ हजार १७९ रहेको छ । भने स्थानीय नागरिकको वैंक ऋण रु ४ करोड रहेको छ ।

प्याकेज २ मा वितरण तर्फको कुल लागत १३ करोड ८८ लाख ७२ हजार ३३५ रुपैया ३६ रुपैया मध्य नेपाल सरकार एशियाली विकास वैकको रु ८ करोड ५३ लाख ३९ हजार रहेको छ । यसमा सहकारी उपभोक्ताको लागत रु एक करोड ७५ लाख ६६ हजार ८७२ रहेको छ । यस प्याकेजमा सहकारी उपभोक्ताको वैंक ऋण रु दुई करोड रहेको छ । यो प्याकेजमा कस्मिक रेनु जेभी काठमाण्डौले जिम्मा लिएकोमा काम सम्पन्न भएको छ । केही मर्मत सुधार काम वाँकी रहेको छ ।

किसानको वैंक ऋण रु ६ करोड :

दुवै प्याकेज गरेर सहकारी उपभोक्ताको वैंक ऋण रु ६ करोड भएकाले विधुत ढिलाई भएमा चर्को व्याज तिर्नुपर्ने चिन्ता स्थानीयलाई बढेको छ । प्याकेज १ मा रु ४ करोड तथा दुईमा २ करोड गरि जम्मा रु छ करोड कृषि विकास वैंकको ऋण रहेको चुकेनीखोला विधुत सहकारी सस्थाका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनुभयो । यसमा सहकारी उपभोक्ताको लागत प्याकेज एकमा रु ३ करोड ३० लाख २६ हजार १७९ रुपैया र दोस्रो प्याकेज रु एक करोड ७५ लाख ६६ हजार ८७२ रहेको छ । आयोजना स्थलका वडाध्यक्ष गोविन्द रावतले आयोजना जति ढिला भयो त्यति किसानको थाप्लोमा ऋण बढिरहेकाले समस्या भएको बताउनुभयो । स्थानीय रुपा रावतले जसरी पनि वत्ति चाडो वाल्ने तरिकाले काम गरिदिन निर्माण व्यवसायीलाई अनुरोध गर्नुभयो ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र ग्रामिण जिविको पार्जनका लागि नविकरणीय उर्जा कार्यक्रम फिल्ड संयोजक प्रतिनिधि पृथ्वी बहादुर शाहीले ३ बर्ष देखी चुकेनी विधुतमा काम गरिरहेको बताउदै सिभिल संरचना रु १० करोड, मेकानिकल रु १० करोड र पाईपलाईन गरेर १० करोड वरावरको काम भईरहेको छ । उहाँले गुणस्तरताको बिषयमा मापदण्ड अनुसार भएन भने भत्काउने भनेर निर्णय भईसकेको छ । चर्किएको स्थानमा भत्काएर काम गर्ने बताउनुभयो ।

चुकेनीखोला विधुत सहकारी सस्थाद्धारा संचालित उक्त आयोजना सम्पन्न भएपछि अहिले जुम्लालाई विधुतमा भएको समस्याको राहात हुने देखिन्छ । जुम्ला सदरमुकाममा अहिले पनि प्रशारण लाईनको प्रयाप्त पावर नपुग्ने र भूगोल टाढा भएका कारण पोलहरु क्षेति भएर अनियमति हुने डर देखिन्छ ।

 

प्रतिकृया दिनुहोस्