OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ११, २०८०सुर्खेत
२८३ पटक

११ बैशाख २०८०, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली हाईअल्टिच्यूड ट्रेनिङ सेन्टर जुम्लाको अनुगमन गर्नुभएको छ ।

उहाँले जुम्लाको पातारासी गाउँपालिका ३ छुमगाउँको लौठचौरस्थित निर्माण भईरहेको ट्रेनिङ सेन्टर, विश्वको सर्वाधिक उचाईमा काली मार्सी धान फल्ने स्थान छुमचौर ज्यूलोको अनुगमन गर्नुभएको हो । युरोपसम्मका खेलाडीहरु भित्र्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको उक्त टे«निङ सेन्टर खेल पर्यटनका हिसाबले निकै संभावना रहेकोले यसको विकासमा जोड दिइने मुख्यमन्त्री शर्माले बताउनुभयो ।

“प्राकृतिक सुन्दरता, उच्च स्थानमा कालीमार्सी धान फल्ने र शिरका रुपमा ठडिएको पातारासी हिमाल पर्यटीय उच्च संभावना बोकेका ठाउँहरु हुन्,” उहाँले भन्नुभयो, “यिनी ठाउँको विकास र प्रवद्र्धनले यहाँका नागरिकहरुको सामाजिक, साँस्कृतिक र आर्थिक विकास हुनुको साथै कर्णाली प्रदेश सरकारको अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ ।” निर्माणाधिन ट्रेनिङ सेन्टरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) रु.४० करोडको रहेको छ ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले ट्रेनिङ सेन्टरको काम धिमा गतिमा अगाडि बढेको बताउनुभयो । उक्त कार्यालयका प्राविधिक प्रेमबहादुर शाहीका अनुसार प्रदेश सरकारको आव.०७६÷०७७÷०७८ गरी रु.एक करोड २३ लाख र संघ सरकारअन्तरगत राष्ट्रिय खेलकुद परिषद्को चालु आव.मा रु.५० लाख लगानी भएको छ । उहाँले डिपिआरमा तोकिएको बजेट अनुसार मात्र चार प्रतिशत प्रगति भएको जनानुभयो ।

प्रदेश सरकारको गौरवको योजना मानिएको उक्त टे«निङ सेन्टर निर्माण कार्य भइरहेपनि प्रदेश सरकारअन्तरगत जुम्ला सदरमुकाम खलंगामा निर्माण सुरु गरिएको रु.एक करोड २५ लाखको प्याराफिटको निर्माण कार्य भने अलपत्र परेको छ । आर्थिक वर्ष २०७६÷०७७÷०७८ सालसम्म बजेट हालेपनि त्यसपछि प्रदेश सरकारबाट बजेट नआउँदा प्याराफिटको काम रु.४५ लाख बजेट बराबरको मात्र काम भएको छ ।

उक्त परियोजनाको काम अधुरो बनेको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । कर्णाली हाईअल्टिच्यूड टे«निङ सेन्टर र जुम्ला खलंगाको प्याराफिट निर्माण कार्य दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्नुपूर्व सम्पन्न गरिसक्नुपर्ने भलिबल प्रशिक्षक बरमबहादुर महतले बताउनुभयो ।

त्यसैगरी, मुख्यमन्त्री शर्माले जुम्लाको चन्दननाथ नगरपालिका १ स्थित राजीकोटमा रहेको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी)को पनि अनुगमन गर्नुभएको छ । उच्च पर्वतीय क्षेत्रको पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको उत्पादन र उत्पादकत्व बढाई सो क्षेत्रमा बसोबास गर्ने जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने लक्ष्यका स्थापना भएको प्रतिष्ठानको समेत उहाँले अनुगमन गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्