OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १३, २०७९जुम्ला,
२२३ पटक

फागुन १२ गते । एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको चाथौ जिल्ला अधिवेशनको उद्घाटन शुरु भएको छ ।
जिल्ला सदरमुकाम जुम्लामा अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्धाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले गर्नु भएको छ ।

उद्घाटनको क्रममा माओवादी जिल्ला ईन्चार्ज भणडारी सहित पूर्व सांसद तथा केन्द्रीय सदस्य गजेन्द्र बहादुर महत, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोमा कुँवर, माओवादी पार्टीका मुगु जिल्ला ईन्चार्ज तथा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाही, राज्य मन्त्री उर्मिला विश्वकर्मा, एकिकृत अखिल नेपाल शिक्षक संगठन सचिवालय सदस्य नवराज शाही सहित पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरु र शिक्षकहरुले शुभकामना मन्तब्य दिएका छन् ।

शुभकामना मन्तब्य दिदै नेता भण्डारीले तत्कालिन सत्ता समिकरणको फेरवदल, परिवर्तनका एजेण्डा, संविधानको रक्षा जस्ता बिषयमा नेकपा माओवादी केन्द्रले गरिरहेको कामको जानकारी गर्नु भएको छ, उहाँले शिक्षा क्षेत्र सवैभन्दा महत्वपूर्ण र संवेदनशिल भएकाले शिक्षकले आफ्नो पेशागत गुणस्तरतालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले संघीयतामा शिक्षा क्षेत्रलाई अझ प्रथामिकता दिने नितिका लागी माओवादीले थप काम गर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सांसद गजेन्द्र बहादुर महतले शिक्षक संगठन र समाज परिवर्तनका लागि सवैभन्दा बढि लागेको भन्दै शिक्षकको मिहिनेतको सम्मान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुलाई पार्टी र जुम्ली जनताले सांसद वनाएको ऋण तिर्न पार्टीलाई भरपुर सहयोग गर्नेमा जोड दिनु भएको छ । उहाँले आज व्यवस्था विरोधी प्रतिगामी तत्वहरु जुरमुराउन थालेकाले त्यसको प्रतिवाद गर्ने नेतृत्व माओवादी अगाडि बढाउनेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री मंगलवहादुर शाहीले शिक्षा सामाजिक न्यायको क्षेत्र भएकाले माओवादी सरकारले यसलाई थप सुदृढ बनाउन जोड दिनुभयो । उहाँले कर्णाली सरकारले यसको बिषयमा गम्भिर भएर लाग्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वराज्य मन्त्री गोमा कुँवरले यस पटकको निर्वाचनमा पार्टीले आफुलाई उम्मेदवार वनाएपनि प्राविधिक कारणले विजेता हुन नसकेकाले अव सवै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो ।

उद्घाटन सत्रमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिवालय सदस्य नवराज शाहीले एकिकृत अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी संगठन भएकाले केन्द्रीय स्तरमा पनि प्रभावकारी काम भईरहेको बताउनुभयो । उहाँले केन्द्रमा एकिकृत अखिल शिक्षक संघको वहुउद्देश्यीय भवन निर्माण समेत हुनेमा जोड दिनुभयो ।

जिल्ला अध्यक्ष राजेन्द्र खत्रीले हाल सम्म भईरहेका कामको जानकारी दिदै शिक्षकका समस्याका वारेमा जानकारी गर्नु भएको छ । कार्यक्रमको सहजीकरण एकिकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला सचिव जयशंकर धितालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्