OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आश्विन १३, २०७९जुम्ला,
४९८ पटक

असोज १३ गते । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका १ आचार्य लिहीमा स्याउ वोकेको ट्रक दुर्घटना हुदा चालकको मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार बाग्मति प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधवार राती दुर्घटना हुदा मकवानपुर निवासी चालक अविनाश लामाको निधन भएको हो । सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाईते हुुनु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाईतेको रातीनै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याईएको र थप उपचारका लागि रिफर गरिएको छ । घाईते न्यौपानेको टाउकोमा चोट लागेको छ ।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका वडा नम्बर १ को बझाङे खोलामा भएको छ । दुर्घटना पछि घाईतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको र प्रारम्भिक उपचार खर्च पनि व्यहोरिएको छ । यस्तै मृतकलाई समेत भेनको व्यवस्था हिमा गाउँपालिकाले गरेर सदरमुकाम ल्याईएको उहाँले जानकारी दिनुभयो ।

जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जादै गरेको ट्रक राती दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका १ मा रहेको प्रहरी चौकीले उद्धार गरेको छ ।

प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाईतेलाई तत्काल कर्णाली प्रतिष्ठानमा रिफर गरेको थियो भने मृतकको उद्धार गरेको जनाएको छ । नाग्म गमगडि राजमार्ग अन्तरगत हिमा गाउँपालिकाको सो क्षेत्रमा दुर्घटना हरेक बर्षको बढ्दै गएको छ । यस अघि २ वटा दुर्घटना सो क्षेत्रमा भएको छ । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरुले जनाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्