OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही बैशाख १२, २०७७सुर्खेत
५२२ पटक

सुर्खेत, १२ बैशाख २०७७ : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नोबेल कोरोना भाइरस (कोभिड–१९)ले कृषि र पशुपंक्षी क्षेत्रमा पारेको असरबारे छलफल गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले मन्त्रालयअन्तरगतका कर्णाली प्रदेशका २५ वटै कार्यालयका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको हो । छलफलको क्रममा उहाँले देशकै अति विकट मानिने जिल्ला हुम्लामा कोरोनाबाट उत्पन्न बन्दाबन्दीले कृषि र पशुपंक्षी क्षेत्रमा परेको प्रभाव, त्यससँग सामना गर्न बनाइएको योजना र हालसम्मका कार्यसम्पादनबारे कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाबाट जानकारी लिनुभएको थियो ।
त्यसैगरी, डोल्पा, मुगु, जुम्ला, कालीकोट, जाजरकोट दैलेख, रुकुमपश्चिम, सल्यान र सुर्खेतका कार्यालय प्रमुखहरुसँग तत्कालीन अवस्था, कोरोनाले कृषि तथा पशुपंक्षी क्षेत्रमा ल्याएको असर ,चालू वर्षको कार्यक्रम कार्यन्वयनको अवस्था र आगामी नीति तथा कार्यक्रमबारे समेत कार्यालय प्रमुखहरुसँग मन्त्री केसीले सुझाव लिनुभयो ।
मूलत ः भिडियो कन्फ्रेन्स कर्णालीलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ ? यसका लागि निर्माण गरिने आधार र खाद्य सञ्चितीकरणमा केन्द्रित बन्यो । छलफलमा कोरोना भाईरसका कारण विश्व समुदायले नै संकट भोग्नु परेको र त्यसको प्रभावबाट कर्णालीको कृषि तथा पशुपंक्षी क्षेत्र अछुतो नरहेको भन्दै मन्त्री केसीले यो चुनौतिबाट कर्णालीलाई आत्मनिर्भर बन्न अवसर प्राप्त भएको बताउनुभयो । उहाँले कृषि र पशुपंक्षी क्षेत्रको उत्पादनमा वृद्धि ल्याउने नीति तथा कार्यक्रम तयार गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
यता कार्यालय प्रमुखहरुले हिमाली जिल्लामा बेलैमा स्याउ, आरु, ओखरलगायतका फलफूल र मौसमी बाली लगाउन नपाउनुले कृषि क्षेत्र प्रभावित भएको बताएका थिए । उक्त छलफलमा विशेषगरी कर्णालीको आयात प्रतिस्थापन गर्न उत्पादनमा वृद्धि ल्याउनुपर्ने, युवा स्वरोजागरका कार्यक्रमको लागू, बाँझो जमीनको उपयोग, सिंचाईको व्यवस्था, जैविक तरकारी खेतीमा जोड, बीउबिजनको भण्डारण, पशुपंक्षीलाई खाने दाना, माछाका भुरा, चल्ला उत्पादन गर्नेलगायतका कार्याक्रमहरु आगामी वर्षमा लागू गर्नुपर्ने सुझाव मन्त्री केसीलाई कार्यालय प्रमुखहरुले दिएका थिए ।

प्रतिकृया दिनुहोस्