OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १७, २०७९काठमाडौं
४१७ पटक

जुम्ला : समाज रुपान्तरणको लागी समाजबाद क्रान्ति आबश्यक रहको माक्र्सबादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सेनाले बताउनु भएको छ । शान्ति प्रक्रियापछि नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आयोजना गरेको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँका अनुसार माओवादीनै देश र जनताको समृद्धी चाहेने पाटी हो । यसले अब नयाँ ढंगलले अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

अबको क्रान्ति समाजबादको लागी हो । समाज रुपान्तरण गर्न माओबादीनै सक्ने अध्यक्ष तिमिल्सेनाले दाबी गर्नुभयो । उहाँका अनुसार तिनदिने आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रममा सहभागीता जनाएका नेता तथा कार्यकर्तालाई माओबादी केन्द्रको पाटी बिग्रेको भनि अरुलाई आलोचना गर्न आबश्यक नरहेकोमा जोड दिनुभयो । उहाँले पाटी भनेकै तँपाई हामी हो । अरुलाई भन्नु भन्दा पहिला आफ्नो आत्मा समिक्षा गर्न जरुरी हुने बताउनु भयो । उहाँका अनुसार “यो समय बैचारीक ,र शैद्धान्तीक समयको हो । सबैले बैज्ञानिक समाजबादको मुख्य लक्ष्य लियर अगाडी बढ्न आग्रह गर्दै “देशभर जति राजनितिक मुदा छन ति सबै माओदीले उठाएका मुदा हुन । यसको पुर्णरुपमा कार्यन्वयन तर्फ लैजानका लागी सिंगो माओबादी लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै पुर्वराज्यमन्त्री तथा माओबादी केन्द्रकी केन्द्रीय सदस्य गोमा कुंवरले यस प्रशिक्षण बाट सबैको बिचार एक ढिक्का हुनेमा जोड दिनुभयो । उहाँका अनुसार माक्र्सबादी ज्ञान केन्द्रले हाम्रो खाली दिमागलाई बैचारीक ज्ञान दिन महत्वपुर्ण छ । “यहा प्रशिक्षणमा भाग लिएका सबै बाट राम्रो नतिजा निस्कने बिश्वास गरेको छु ।

त्यस्तै सिजा गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेस कमिटिका सदस्य पुर्ण प्रसाद धितालले माओबादी केन्द्र बाट समाज रुपान्तरण हुनेमा दुईमत छैन । यसका लागी हामी सबैमा भएका कमीकमजोरी सुधारन जरुरी छ । यसले गर्दा बैचारी युद्धको सुरुवात गर्न सकिनेमा जोड दिनुभयो ।

तातोपानी गाउँपालिकाका पुर्व अध्यक्ष नवराज न्यौपाने माकर्सबादी ज्ञान केन्द्र दिएको आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रमले जनयुद्धको झल्को स्मारण गराएको बताउनुभयो । उहाँले सहभागीको तर्फबाट बोल्दै माओबादीले युद्धमा गरेका धेरै कुरा बिर्सेको र “,यस्ता कार्यक्रम पटक पटक हुन जरुरी छ ।

माक्र्सबादी स्कुलिङ कार्यक्रममा केन्दिय अध्यक्ष मनहरी तिमिल्सेना,माओबादी केन्द्रका बाग्मती प्रदेस सचिवालय सदस्य महेश्वर फुँयाल, महासचिव इन्द्रराज भट्टराइ,सचिब हुमानाथ न्यौपाने, कर्णाली प्रदेश अध्यक्ष रेशम कुमार अधिकारी सहितको टोली जुम्लामा पुगेको थियो । जुम्ला जिल्लामा तीन दिन सञ्चालित माक्र्सबादी स्कुलिङ कार्यक्रममा एक सय ३२ जनाको सहभागीता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्