OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ २७, २०७९जुम्ला,
४४७ पटक

असार २७ गते । जुम्लाका स्थानीय तहमा संचालन भईरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमको समिक्षा गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा स्थानीयतहमा कार्यान्वयन भईरहेको उक्त कार्यक्रमको बार्षिक समिक्षा गरिएको हो ।

समिक्षामा स्थानीय तहका सम्पर्क व्यक्ति तथा सहजकर्ताले बर्षभरी भईरहेका कामको प्रस्तुती गरेर जानकारी गराएका छन् । यूरोपियन यूनियनको सहयोगमा राष्ट्रिय आयोग मार्फत स्थानीय तहमा स्वास्थ्य, शिक्षा, कृषि, पशुपंक्षी, महिला तथा वालवालिका सहितका विभिन्न क्षेत्रमा भईरहेका कामको समिक्षा गरिएको छ ।

हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर रावत, कनकासुन्दरी गाउँपािलकाका जनक हमाल, सिंजा गाउँपालिकाका ललित रोकाया, पातारासी गाउँपालिकाका हरि नेपाली, तिला गाउँपालिकाका जसुकला रावत, तातोपानी गाउँपालिकाका पार्वति बिष्ट, गुठिचौर गाउँपालिकाका जग्य प्रसाद धिताल, चन्दननाथ नगरपालिकाका सहजकर्ता भावना खत्री रोकायाले आ–आफ्नो गाउँपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रममा भएका गतिविधिहरुको बिषयमा जानकारी गर्नु भएको हो ।

कार्यक्रममा सुनौलो हजार दिन केन्द्रीत पोषक खाना, सचेतना, महिला तथा वालवालिका सचेतना कार्यक्रम, विद्यालय शौचालय निर्माण, बाख्रा वितरण, अभिमुखीकरण कार्यक्रम, ग्रिन हाउस स्थापना, होडिङवोर्ड, ओसिटि केन्द्र स्थापना, गाउँपालिका तथा वडा स्तरीय निर्देशन समिति वैठक सहित विभिन्न कार्यक्रमहरु गरिएका जानकारी गरिएको छ ।

तिलाले ३१ लाख बढायो :
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत स्थानीय सरकारले अपनत्व बढाउदै आएको छ । तिल्ला गाउँपालिकाले आर्थिक बर्ष २०७८।०७९ बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत रु २६ लाख बजेट संघीय सरकारबाट आएको र गाउँपालिकाले रु ३१ लाख ४ हजार बजेट विनियोजन जानकारी गरिएको छ ।

यसैगरी तिला गाउँपालिकाले पोषण सहजकर्ताको तलवमा रु ८ हजार तलब थप गरेको जानकारी गरेको छ । संघीय सरकारले रु २० हजार तलव दिईरहेको तथा त्यसैमा तलव थप गरिएको बताईएको छ । कनकासुन्दरी गाउँपालिकाले रु ६ लाख सहजकर्ताको तलव थपेको जानकारी गरेको छ ।

यसैगरी संघीय सरकारले उपलब्ध गराएको २६ लाख सहित चन्दननाथ नगरपालिकाले ५ लाख, कनकासुन्दरीले रु ५ लाख, तातोपानीमा रु ६ लाख ५० हजार, हिमा गाउँपालिकामा रु २ लाख, गुठीचौर गाउँपालिकामा रु ४ लाख बजेट थप गरी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बहुक्षेत्रीय पोषणा कार्यक्रम स्वास्थ्यका लागि महत्वपूर्ण रहेकाले विगतमा भएका कामको समिक्षा गर्दै सुधार्नुपर्नेमा जोड दिनुभयो । चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको बढि भूमिका हुनुपर्ने र जिल्ला समन्वय समितिको बढि भन्दा बढि आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम सफल नमूना भएकाले स्थानीय सरकारले बढि भन्दा बढि महत्व राख्नुपर्ने भन्दै सूचना प्रचार प्रसार तथा राम्रा कामहरुको सफल स्टोरी लेखनमा जोड दिने कार्यक्रम राखिनुपर्ने बताउनुभयो । तिला गाउँपालिका पोषण सहजकर्ता जसुकला रावतले बहुक्षेत्रीय पोषण कार्यक्रम राज्यको कार्यक्रम भएकाले सोही अनुसार सवैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।सो कार्यक्रम अन्तरगत केही रकम काम भएपनि निकासा नभएकोले डर भएको स्थानीय तहले जनाएका छन् ।

बहुक्षेत्रीय कार्यक्रम कर्णाली प्रदेश समन्वयकर्ता मानबहादुर कुँवरले भईसकेका तर रकम भुक्तानी नभएका कामहरुको साउनमा समेत भुक्तानी गर्ने निर्देशन भएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय योजना आयोगले शुरुवात गरेको यो कार्यक्रम थप प्रभावकारी बनाउन स्थानीय सरकारकै बढि जिम्मेवारी भएकाले स्थानीय सरकारले पनि प्रयाप्त बजेट बिनियोजन गरेमा धेरै क्षेत्र समेटिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्