OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जुम्ला,आषाढ ६, २०७९जुम्ला,
४५२ पटक

असार ६ गते । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्ध विप्लवले नेपालका कम्यूनिष्ट सँग एकता हुन सक्ने बताउनुभएको छ ।
कर्णालीको जुम्लामा पुगेका महासचिव विप्लवले पत्रकार भेटघाटमा पश्चगामी नभई अवको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्यूनिष्ट एकता हुन सक्ने ढोका खुला रहेकोमा जोड दिनुभयो । यसका लागि सच्चा कम्यूनिष्ट सँग एकता र सहकार्य हुन सक्नेमा हुनेमा जोड दिनुभयो ।

उहाँले पत्रकारको जिज्ञासमा एकदिन कम्यूनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्ति सँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बिप्लवले विश्वमा पनि कम्यूनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताउनुभयो ।

नेपाल कम्यूनिष्ट पाटी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता चन्द्धले राष्ट्रिय परिस्थितिको बिषयको वारे जानकारी गराउदै अहिले देशको राष्ट्रिय स्वाधिनता जोखिम भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकाले एमसिसि, एसपिसिका बिषयलाई ल्याएर नेपाल सँगको लामो सम्वन्ध तोड्ने प्रयास गरेको भन्दै त्यो राम्रो नहुने बताउनुभयो । उहाँले एसपिपि जस्ता सम्झौताका बिषय लिएर अमेरिकाले सैन्य ढंगबाट अतिक्रमण गर्ने प्रयास नेपाल र नेपालीका लागि राम्रो नभएको भन्दै देशभक्त नेपालीलाई एक हुन अपिल समेत गर्नुभयो ।
आफ्नो पार्टीमा पनि केही समस्या आएको बताउदै देशभर कार्यकर्तालाई स्पष्ट पार्न राजनैतिक प्रशिक्षण र जनता भेटघाट गर्न अहिलेको यात्रा रहेको भन्दै असोजमा नेपाल कम्यूनिष्ट पार्टीको महाधिवेशन हुने जानकारी समेत गर्नुभयो ।

जुम्ला जिल्ला सेक्रेटरी बिर्षबहादुर शाहीका अनुसार असार ५ गते वेलुकी जुम्लामा आईपुग्नु भएको महासिचिव चन्द्धले ६ गते जुम्ला कारागारमा रहेका कैदीवन्दी सँगको भेटघाट, जुम्ला स्थित राजनैतिक दलका शिर्ष नेताहरु सँगको भेटघाट समेत गर्नुभएको छ । यसैगरी जुम्ला सहित कालिकोट, मुगु र हुम्लाका जिल्ला कमिटी सदस्यलाई दिनभर वर्तमान राजनैतिक अवस्था र पार्टीको कार्यदिशावारे आन्तरिक प्रशिक्षण कार्यक्रम गरिएको जानकारी दिनुभयो । दिनभरको कार्यक्रमपछि साढे ६ बजे पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।
नेत्र विक्रम चन्द्ध सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर वम रणविर सहित केन्द्रीय नेताहरु अहिले जुम्ला क्षेत्रमा रहेका छन् । मंगलवार असार ७ गते जुम्लामा बिप्लव खुला कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्