OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ५, २०७९
४०८ पटक

५ असार २०७९, आइतबार

उच्च अदालत सुर्खेतले चालु आव.०७८÷०७९ को जेठ मसान्तसम्म १५० प्रतिशत भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ ।

अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्यौटको लक्ष्य राखेकोमा जेठ महिनासम्म ६७५ मुद्दा फछ्र्यौट गरेको तथ्याङक सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश शेषराज सिवाकोटीले जेठ मसान्तसम्म लक्ष्य भन्दा ११४ थान बढी मुद्दा फछ्र्यौट भइसकेको जानकारी दिनुभयो ।

“गत वर्षका सरि आएका २६५ र चालु आव.मा दर्ता भएका ७४१ थन गरी कूल एक हजार छ थान मुद्दा संख्या रहेका थिए,” मुख्य न्यायधीश सिवाकोटीले भन्नुभयो, “कूल संख्यामा ६७५ अर्थात ६७.१० प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ ।” उहाँले उच्च अदालतमा आएका मुद्दाहरुमा यौनजन्य अपराधका बढी भएको जनाउनुभयो ।

अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वर्ष अघिका कुनैपनि मुद्दा बाँकी नरहेको तर गत वर्ष फछ्र्यौट हुन नसकी बाँकी रहेका २६५ मुद्दामा १६ थान मात्र फछ्र्यौट गर्न बाँकी भएको जनाउनुभयो । मौलिक हकसम्बन्धी एउटा शिक्षाको बाहेक बढी जस्तो फौंजदारी अपराधसँग सम्बन्धित मुद्दा उच्च अदालतमा आएको उहाँले बताउनुभयो ।

“अदालतले छ महिनाभित्रका २२५, सो अवधि नाघेका ९०, १२ महिना नाघेका छ, १८ महिना नाघेका १० थान गरी ३३१ थान मुद्दा मात्र फछ्र्यौट हुन बाँकी रहेका छन्,” रजिष्ट्रार कोइरालाले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या निकै बढी रहेपनि फछ्र्यौट दर पनि बढेको छ ।” उहाँले वार्षिक कार्ययोजना अनुरुप सबै महिनाको मासिक फछ्र्यौट मुद्दा संख्या लक्ष्य भन्दा दोब्बर भएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्