OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई,जेठ १५, २०७९जुम्ला,
७३२ पटक

जेठ १५ गते, भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनपर्ने बताउनुभयो । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र ईतिहास वोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

भाषा आयोगका केन्द्रीय अध्यक्ष डाक्टर लवदेव अवस्थी, भाषाका जानकार प्रा.डा जिवेन्द्र गिरी, आयोगका सदस्य उषा हमाल सहितको टोली जुम्लामा पुगेर खसभाषाको अवस्था र व्यवहारमा प्रयोगका बिषयमा स्थानीय र सरोकारवाला सँग सूझाव संकलन तथा अन्तरक्रिया समेत गरेको छ ।

आयोगले जुम्ला बहुमुखी क्याम्पसमा गरेको अन्तरक्रियामा विद्यालय स्तरबाटै खसभाषाको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिईएको छ । आयोगका अध्यक्ष अवस्थीले संविधानमै मातृभाषा शिक्षाको संरक्षण हुनुपर्ने भएकाले खस भाषालाई नविर्सन तथा प्रयोगमा ल्याउन खसभाषीलाई अनुरोध गर्नुभयो । उहाँले बालवालिकाले घरमा आमाले बोल्ने भाषामा स्थानीय तहले स्थानीय पाठ्यक्रम निमार्ण गरेर अगाडि बढ्न सूझाव दिनुभयो । अध्यक्ष अवस्थीले घरमा बोलिने भाषा बिद्यालयमा पढाइ नहुँदा मातृभाषा बिर्सिदै प्रभावकारी हुन नसेकोले मातृ भाषाको संरक्षण हुनुपर्नेमा अवको पुस्ताको आवश्यक रहेको छ । उहाँले मातृभाषा वोल्न हिनता वोध नगर्न समेत अनुरोध समेत गर्नुभयो ।

चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिहं कठायतले विद्यालय स्तरमा मातृभाषा शिक्षण प्रभावकारी बनाउनका लागी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार खसभाषा संरक्षणको लागी शिक्षा समन्वय ईकाइ र आवश्यक सल्लाहकारहरुको सल्लाहमा अगाडि बढ्ने बताउनुभयो ।

स्थानीय खस भाषाका जानकार रमानन्द आचार्यले खसभाषाबाटनै नेपाली भाषा जन्मिएकाले खसभाषा संरक्षणमा अवको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाली भाषाको उद्गम स्थल सिञ्जामा जतिवेला देखी नागराजले खस राज्यको स्थापना गर्नुभयो त्यतिवेला खसभाषाको स्थापना भएकाले बदलिदै नेपाली भाषामा परिणत भएकोमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हामिले बोलिने खस भाषा प्रयोग नहुँदा र औपचारिक शिक्षाको माध्यम बन्न नसक्दा लोप हुन पुगेको बताउनुभयो । उहाँले एकातिर भाषा प्रयोग नहुँदा र अर्कोतिर उनीहरूको समुदायमा सम्बन्धित मातृभाषामा पठनपाठन नहुँदा भाषाको अस्तित्व संकटमा परेको बताउदै कर्णाली प्रदेश खसभाषाको तथ्यांक १८ जना आयोगको प्रतिवेदनमा भएकाले सच्याउन सूझाव दिनुभयो ।

प्रतिकृया दिनुहोस्