OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २७, २०७९जुम्ला,
७०४ पटक

वैशाख २७ गते । नेपाली कांगेस हिमा गाउँपालिका अध्यक्षका उम्मेदवार लक्ष्मण शाहीले आफुले निर्वाचन जितेमा सवै नागरिकको सौलियत स्वास्थ्यबीमा गर्ने बताउनुभएको छ ।
अध्यक्षका उम्मेदवार शाहीले सार्वजनिक गर्नुभएको प्रतिवद्धता पत्रमा स्वास्थ्यवीमा रकम शौलियत गर्नुका साथै प्रथामिक स्वास्थ्यकेन्द्रर्लाइ ५० शैयाको अस्पतालमा स्तरउन्नति गरिनेछ । यसैगरी ६० बर्षका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य वीमा,सुत्केरीलाई स्याहार सुसार भत्ता उपलब्ध गराईनेछ ।

नेपाली कांग्रेसले हिमा गाउँपालिकामा गाउँपालिकाको केन्द्रको टुंगो लगाउने समेत प्रतिवद्धता भएको छ । गाउँपालिकाको टुंगो लगाउने प्रतिवद्धतामा उल्लेख छ । यसैगरी हिमाका सवै विद्यालयमा अग्रेजी माध्यामबाट शिक्षण गराईने, प्राविधिक शिक्षामा जोड दिईनेछ । गाउँपालिका भरी विधुत पुरयाई उज्यालो प्रदान गर्ने बताईएको छ ।

प्रतिवद्धता पत्रमा गाउँपालिकाका सवै घरधुरीमा बिजुली पुरयाई उज्यालो गाउँपालिका गरिने छ । पर्यटकीय प्रपर्धनका लागि पुर्वाधारका कार्यक्रम बढाईनुका साथै महावैपाथरखोला देखी आचार्य लिही सम्म विरुक्षारोपण गरि हरियाली बनाईने छ ।

हिमा गाउँपालिकाका भरीका विभिन्न सञ्चार सेवा, अपुरा टेलिफोन टावरलाई तिन महिनाभित्र संचालनमा ल्याईने र गाउँपालिका स्कुल,घर टोलमा ईन्टरनेट सेवा पुरयाई डिजिटल गाउँपालिका वनाईनेछ ।
हिमा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष शाही र उपाध्यक्षमा सुपर्ना शाही उम्मेदवार हुनुहुन्छ । शाही अघिल्लो निर्वाचनमा समेत नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार उठेका थिए ।

हिमा गाउँपालिकामा २०७४ सालको निर्वाचनमा नेकपा माओवादीले जीत हाशिल गरेको पालिका हो । माओवादीका रजबहादुर शाही अध्यक्ष र हिमाली रोकाया उपाध्यक्षमा बिजयी हुनु भएको थियो । तत्कालिन समयमा नेकपा एमालेका भैबहादुर रोकाया ३ मतले बिजयी हाशिल गर्नुभएको थियो । उहाँ यसपटक फेरी नेकपा एकिकृत समाजवादीबाट अध्यक्षको उम्मेदवार उठ्नु भएको छ । अव हिमा गाउँपालिकामा माओवादी, कांग्रेस र समाजवादीकै प्रतिस्पर्धा हुने मतदाताहरु ब्ताउछन् । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार लक्ष्मण शाहीले यस पटक नेपाली कांग्रेस बिजय हुने बताउदै आएका छन । यता माओवादीका अध्यक्षका उम्मेदवार अमरराज शाहीलेले माओवादीको मत बढि भएकाले माओवादीकै पोल्टामा निर्वाचन हुने बताउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्