OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख २३, २०७९जुम्ला,
५५४ पटक

वैशाख २३ गते । सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक सातादेखी टेलिफोन विहिन भएको छ । टेलिफोन नहुदा सूचना प्रवाह देखी काम काजमा समेत समस्या भएको छ ।
नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्न क्षेति भएकाले हिमा गाउँपालिकामा टेलिफोन विहिन भएको छ ।

कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षेति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो सामान काठमाण्डौबाट मगाईएको छ । उहाँका अनुसार सामग्री जहाँजमा आउने भएको छ । सामाग्री काठमाडौंबाट नेपालगंज पुगको छ । अव जहाँजमा जुम्ला आउने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । टेलिफोन बिग्रीएको खबर पाएपछि नेपाल टेलिकमको टोली हिमा गाउँपालिकामा पुगेर फर्किएको छ ।
निर्वाचनको समयमा टेलिफोनमा अवरुद्ध आएपछि सकस भएको छ । आपसी संचार र समन्वय गर्न कठिन भएको राजनैतिक दलहरुले समेत बताएका छन् । अर्कोतिर विरामी भएका व्यक्तिलाई अस्पताल ल्याउन पनि संचार समस्याले एम्वुलेन्स तत्काल नपाईने स्थित भएको छ ।

निर्वाचनको मुखमा टेलिफोन नहुदा समस्या भएको एक हप्ता सम्म टेलिफोन छैन् । प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले टेलिफोन नहुदा समस्या भएको बताउनुभयो ।
क्याप्प्सन ः हिमा गाउँपालिका क्षेत्र तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्