OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष १८, २०७८जुम्ला,
९४६ पटक

सुर्खेत पुस १८ गते, नेपाली सेनाले आफ्नो नयाँ सुरक्षा संरचना अनुसार देशका चार क्षेत्रलाई कमाण्ड हेड क्वाटर क्षेत्र कार्यान्वयन गरेको छ ।
सेनाले पूर्वी कमाण्ड, मध्य कमाण्ड, पश्चिम कमाण्ड र उपत्यका गरि चार क्षेत्रमा आफ्नो संरचना शुरुवात गरेको छ ।

नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतले कर्णाली र सुदुरपश्चिमका पत्रकारहरुलाई रक्षा सम्वाददाता बिषयमा आयोजना गरिएको तालिममा आफ्नो पछिल्लो सांगठनिक संरचना जानकारी गराउने क्रममा केन्द्रीकृत अधिकारलाई चार कमाण्ड क्षेत्रमा विकेन्द्रीकृत गरेको बताएको छ ।

संघीयता संगै देशको रक्षा बिषयलाई थप सुदृढ गर्न उपत्यका मुख्य कमाण्ड क्षेत्र सहित पूर्वको धनकुटा, मध्य क्षेत्रमा कास्कीको पोखरा र पश्चिम क्षेत्रको सुर्खेतलाई केन्द्र मानेर चारवटा कमाण्ड क्षेत्र शुरु गरेको हो । नेपाली सेनाको पश्चिम कमाण्ड नेमारे सुर्खेका अनुसार कमाण्ड क्षेत्रका लागि २०७७ साल फागुन ११ गते नेपाल सरकारको मन्त्रीपरिषदको वैठकले निर्णय गरेको थियो । सोही अनुसार ३ जोड १ को नयाँ कमाण्ड क्षेत्र कार्यान्वयन गरेको हो । यस अघि सातै प्रदेशमा रहेका पृतनालाई एकिकृत गर्दै चार कमाण्ड हेडक्वाटर सहित ठूलो शक्तिको रुपमा स्थापित गरिएको छ । अधिकार बिकेन्द्रीकरण गर्दा नागरिकको रक्षा र सुरक्षामा सहज पहुँच हुने बताइएको छ । पहिले एक हेलिकोप्टर आवश्यक परेमा केन्द्रको अनुमति र प्रक्रियाले ढिलाई हुने अवस्था देखी धेरै कामको जिम्मेवारी कमाण्ड हेडक्वाटरले गर्ने छ ।

सुर्खेतमा पत्रकारहरुलाई आयोजना गरिएको रक्षा सम्वाददाता अभिमुखीकरणको पश्चिम कमाण्ड सेनापति प्रेम शाहीले उद्धाटन गर्नुभएको छ । पश्चिम कमाण्ड हेडक्वाटर अन्तरगत पर्ने कर्णालीका ,सुदुरपश्चिम प्रदेश, लुम्विनिकाे वाँके र बर्दिया जिल्लाका १९ जना पत्रकार सहभागि अभिमुखीकरणमा वोल्दै पश्चिम कमाण्ड सेनापति शाहीले सेना र पत्रकार विचको सहकार्य बढाउन अभिमुखीकरण गरिएको जानकारी गर्नुभयो । उहाँले संचारकर्मीले सेनालाई गरेको सहयोग अतुलनीय रहदै आएकाले अव राष्टका लागि एक मत भएर जानुपर्नेमा जोड दिनुभयो । पश्चिम कमाण्ड सेनापति शाहीले जनसम्पर्क बढाउन सेनाले जनसम्पर्क निर्देशनालय स्थापना गरिएको बताउनुभयो ।

अभिमुखीकरणमा नेपाली सेनाको जनसम्पर्क तथा निर्देशनालयको काम, नेपाली सेनाको सांगठिनक संरचना, नेपाल सरकार रक्षा मन्त्रालयको परिचय र राष्ट्रिय सुरक्षा निति, नेपाली सेना सहित नेपालको ईतिहास, संरचना र कमाण्ड संरचनामा नेपाली सेनाको बिषयमा जानकारी गरिएको थियो ।

रक्षा मन्त्रालयका उपसचिव कविता निरौलाले रक्षा मन्त्रालयको परिचय, सेना सँगको समन्वय सहित सेनाले जिम्मा लिएका कामहरुको बिषयमा सहजीकरण गर्न भएको थियो । पुस १८ गतेवाट सञ्चालन भएको रक्षा सम्वाददाता अभिमुखीकरणमा ६ दिन सम्म संचालन हुनेछ ।

नेपाली सेनाले अघिल्लो बर्ष हरेक प्रदेशमा पनि प्रतिनिधि रुपमा पत्रकारहरुलाई रक्षा सम्वाददाता अभिमुखीकरण गरेको बताएको छ । तालिमको पहिलो दिनको सहजीकरण सेनानी विदुरध्वज अधिकारी, सेनानी खिमबहादुर डाँगी, सेनानी कमल केसीले गर्नुभएको थियो भने तालिम संयोजन सेनानी वेलिना मल्लले गर्नु भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्