OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २७, २०७८सुर्खेत
५८५ पटक

२६ कार्तिक २७, शनिबार

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश ईञ्चार्ज शक्तिबहादुर बस्नेतले मुलुकको वर्तमान व्यवस्था माओवादी आन्दोलनको उपज भएको बताउनुभएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश समितिको दोस्रो परिषद्लाई सम्बोधन गर्दै ईञ्चार्ज बस्नेतले आजको परिवर्तन नै माओवादीको अगुवाईमा भएको दावी गर्नुभयो । १९ दिने आन्दोलन १२बुँदे समझदारीको जगमा भएको तर्क गर्दै उहाँले गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था माओवादीको आन्दोलनको उपलब्धी भएको जनाउनुभयो ।

उक्त सम्बोधनका क्रममा ईञ्चार्ज बस्नेतले भन्नुभयो, “शिक्षक सामाजिक चेतनाको संवाहक हो । क्रान्तिकारी चेतनाले पूर्ण शिक्षक सामाजिक रुपान्तरणका लागि अहम् भूमिका खेल्दै शैक्षिक क्षेत्रलाई मोडेल बनाउँदै लिने दिशामा नेतृत्व प्रदान गर्नुपर्दछ ।” पूर्व गृहमन्त्री समेत रहनुभएका उहाँले नेपाली जनताको त्याग र बलिदानबाट एकात्मक राज्य संरचना र व्यवस्थालाई बदलेर नोपलमा नौलो खालको लोकतान्त्रिक प्रणाली स्थापना गरिएको जिकिर गर्नुभयो ।

उक्त परिषद्मा माओवादी केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले कम्युनिष्ट आन्दोलनको फोहर शिक्षकहरु जस्तो बौद्धिक संगठनले सफा गर्नुपर्ने बताउनुभयो । अध्यक्ष शर्माले शैक्षिक क्षेत्र मानव सभ्यताको निम्ति दक्ष जनशक्ति उत्पादनको केन्द्र भएकोले वर्तमान शिक्षा नीतिमा सुधार ल्याउन शिक्षक संगठनले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रका प्रदेश सचिव रामदीप आचार्यले प्रथम औद्योगिक कालको शैक्षिक प्रणालीमा आजको शिक्षा प्रणाली चलिरहेको तर्क गर्नुभयो । सचिव आचार्यले भन्नुभयो, “तत्कालीन समयमा कारखानाका निम्ति प्रयोग गरिने शिक्षा आज पनि प्रयोगमा छ । ज्ञानको न नविकरण हुन सक्यो नत रुपान्तरण नै ।” सूचना र प्रविधिको उच्चत्तम विकास भएको बेला त्यही अनुसार शिक्षाको संरचना, शैली र पद्धति बदलिँदै जानुपर्ने उहाँको भनाई थियो ।

परिषद् कार्यक्रममा संगठनका पूर्व केन्द्रीय अध्यक्ष रत्न ओलीले सामाजिक तथा शैक्षिक व्यवस्थापनका लागि शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो । संगठनका महासचिव निमबहादुर केसीले निजामती कर्मचारी र शिक्षकबीचको विभेद सरकारले हटाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना महामारीको अवधिमा पनि देशभरका २० हजार  शिक्षकहरुलाई  अनलाईन आधारभूत तालिम दिईएको बताउँदै सरकारले संघीय शिक्षा ऐन ल्याएमा मात्र शिक्षक तथा विद्यालय कर्मचारीहरुका माग पुरा हुने जनाउनुभयो । “एकीकृत अखिल नेपाल शिक्षक संगठनको अगुवाईमा भएको आन्दोलन तथा संघर्षबाट शिक्षक अस्पताल बन्ने भएको छ । त्यसको साथै शिक्षक र विद्यालय कर्मचारीहरुका आंशिक माग सुनुवाई भएको छ । संगठनको अगुवाईमा आन्दोलन अगाडि बढाउनुपर्छ ” महासचिव केसीले भन्नुभयो ।

प्रदेश समितिको दोस्रो परिषद्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश अध्यक्ष रेश्मीलाल चपाईंले प्रदेश तथा दशवटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको शैक्षिक तथा सांगठनिक अवस्था, भएका समस्या, चुनौति र समाधानका उपायका साथै अवसरका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । दोस्रो परिषद्मा संगठनका केन्द्रीय सल्लाहकार समिति सदस्य, केन्द्रीय प्रतिनिधि, प्रदेश ईञ्चार्ज, प्रदेश तथा जिल्लाका पदाधिकारीसहित करिब ३०० शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्