कात्तिक १७ गते, मञ्चको दायातिर रैथाने जौको भल्को, घासको खात, धानको कुनियो, दाउरोको खात, मकैको डोको, स्याउको बगैचा छ । दायाँ तिर स्थानीय भेडाको ऊनबाट उत्पादित राडिपाखी, डौठो, कालो कम्बल, फेरे सहितका स्थानीय उत्पादित बस्तु छन् । मञ्चको अगाडि सल्ला, देवदारको रुखहरु, फुलहरु र पिठोले लाम्रा संवाद कार्यक्रम लेखिएको छ । मञ्चको पछाडि माछामार्ने जाल, ओखल, मुसल, हुक्का, करुवा, छाप्र, डालो सहित उत्पादित तरकारी र फलफुलहरु रहेका छन् ।
मौलिक संस्कृतिको कार्यक्रम जुम्लाको लाम्रा गाउँले शुरुवात गरेको छ । उपलब्ध स्थानीय महत्वका स्रोत साधन प्रयोग गरेर सभ्यता झल्काउने प्रयास कार्यक्रम स्थलबाटै शुरुवात गरिएको छ । सजिसजावट कुनै मञ्च नभई ग्रह्रामा मञ्च आयोजना गरिएको लाम्रा संवाद कार्यक्रम आफैमा मौलिक देखिन्थ्यो ।ति मञ्चमा राखिएका स्थानीय स्रोत साधन हेर्दा खस सभ्यताका पुर्खाले आर्जेमा शिप, कला र सम्पतिको झल्को देखिन्थ्यो ।
अतिथिलाई औपचारिक रुपमा आसन ग्रहण गराउने कामलाई पनि छोट्याएको थियो ।
खस सभ्यता र सस्कृतिमा आधारित कुराकानी लाम्रा सम्वाद २ तातोपानी गाउँपालिका ५ लाम्रा गाउँमा यस बर्ष पनि शुरु गरिएको हो ।
खस सभ्यता सँग जोडिएका विभिन्न ७ वटा शेषनहरु मध्य पहिलो दिन शब्द र सस्कृति, नौ नगरा, ३६ पयाना र विद्वत प्रवर्चन गरिएको छ । यसका साथै पञ्चेबाजाको नगरा र मागलबाट कार्यक्रमको शुरुवात गरिएको छ ।
“मञ्चको दायातिर रैथाने जौको भल्को, घासको खात, धानको कुनियो, दाउरोको खात, मकैको डोको, स्याउको बगैचा छ । दायाँ तिर स्थानीय भेडाको ऊनबाट उत्पादित राडिपाखी, डौठो, कालो कम्बल, फेरे सहितका स्थानीय उत्पादित बस्तु छन् । मञ्चको अगाडि सल्ला, देवदारको रुखहरु, फुलहरु र पिठोले लाम्रा संवाद कार्यक्रम लेखिएको छ । मञ्चको पछाडि माछामार्ने जाल, ओखल, मुसल, हुक्का, करुवा, छाप्र, डालो सहित उत्पादित तरकारी र फलफुलहरु रहेका छन् ।”
लाम्रा सम्वादमा खस सभ्यता र सिञ्जा साम्राज्यको ईतिहास, विगत र बर्तमानको अवस्थाको वारेमा चर्चा गरिएको छ । यसैगरी पछिल्लो समय खसिया आखार जुम्ली शब्दकोष प्रकाशनको अवस्था, खस भाषाको तथ्यांकीय अवस्था, सस्कृति र स्थानीय सरकारको भूमिका बिषयमा सम्वाद सहित कुराकानी गरिएको छ ।
प्रस्तोता लालप्रसाद चौलागाईले संचालन गर्नुभएको “शब्द र सभ्यता” बिषयको सत्रमा खस भाषाका जानकार कनकासुन्दरी गाउँपालिका निवासी तुंगनाथ उपाध्याय, जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाशचन्द्र खत्री, कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावत र सस्कृति बिषयका जानकार पूर्णसिहं कठायतले आफ्नो धारणा प्रस्तुत गर्नुभएको छ ।
प्रस्तोता पत्रकार सागर परियारले तातोपानी गाउँपालिकाले गठन गरेको पञ्चेवाजा संरक्षण समितिले दमाहाको रन्कोमा नौ नगरा र ३६ पयानका बिषयमा नाचगानका साथै सो बिषय को बृस्तृत बिषयमा सम्वाद सहजिकरण गर्नुभएको छ । सो सम्वादमा बर्षौ देखी दमाहा सँग खेल्दै पेशा गर्दै आएका जानकार व्यक्तिहरुबाट कला प्रस्तुत हुनुका साथै सम्वाद कार्यक्रम मार्फत स्थानीयलाई जानकारी गरिएको छ ।
बिद्वत प्रवचनमा तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले हिजो सिञ्जा राज्य, खस सभ्यता, तातोपानी गाउँपालिकामा भएका पर्यटकीय स्थल र सभ्यताको बिषयमा गाउँपालिकाले गरेका कामहरुको जानकारी दिनु भएको थियो । अध्यक्ष न्यौपानेले मार्सीधानको उद्गम स्थल लाक्षु ज्यूला, गिरी दह, तातोपानी सहित दर्जनौ तालहरु तथा विभिन्न पर्यटकीय स्थलका बिषयमा जानकारी गर्नु भएको थियो । उहाँले गाउँपालिकाले खस भाषाको पाठ्यपुस्तक प्रकाशनमा समेत जोड दिएको बताउनुभयो । कार्यक्रम संचालन स्थान तातोपानी गाउँपालिका ५ का वडाध्यक्ष हरिबहादुर डाँगीले खस सभ्यताको जगेर्ना गर्न कार्यक्रमको थालनी गरिएको बताउनुभयो ।
कार्यक्रमका संयोजक नन्दप्रसाद चौलागाईले तिनै दिनको कार्यक्रमको वारेमा जानकारी गर्नु भएको थियो । पञ्चेवाजा सँग सम्वन्धित नौ नगरा, ३६ पयाना, शब्द र सभ्यता, कोरोनाको कथा, बिजुलीका सुईना, ढाल नाच, धारु नाच, भूसको आगो, हाम्रो नेता, हाम्रो निति लगायतका शेसन यस पटक रहेका छन् ।
गत बर्ष पनि लाम्रा गाउँले गाउँको जँडो, तिर्थ र हाटका कुरा, कुलोका सवाई, सस्कृति र संस्कार, श्रम र शिप, सर्जक र सृजना, उद्यम र उत्पादन सहतिका सत्रहरु संचालन गरिएका थिए ।
त्यहाँ थालिएकाे सम्वाद त माैलिक हुनेनै भयाे तर खस सभ्यतामा अार्जन गरिएका सामाग्री, बस्तुले मञ्च संग्रहालय जस्तै देखिन्थ्याे ।
तस्बिर नेत्र शाही जुम्ला ।