OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १६, २०७८काठमाडौं
१०४१ पटक

२०७८ भदौ १६ गते । जुम्लामा निषेधाज्ञा १५ दिन थपिएको छ । पछिल्लो समय वेलुकी ४ बजे पछि निषेधाज्ञा गरिदै आउने क्रम थपिएको जिल्ला कोभिड व्यस्थापन समितिले थप गरेको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिनुभयो ।
यसैगरी विद्यालय संचालन गर्ने बिषयमा जिल्ला भरी पछिल्लो अवस्था पहिचान गरी निर्णय गरिने भएको छ । स्थानीय तहमा रेण्डम सेम्पलिङको आधारमा कोरोना परीक्षण गरि एक साता भित्र जोखिम प्रतिवेदन ल्याउने र सोही अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिले विद्यालय खोल्ने नखोल्ने बिषयमा निर्णय गर्ने भएको छ ।

जिल्लाको कोरोना जोखिमको अवस्था कस्तो रहेको छ भन्ने बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले प्रतिवेदन प्रस्तुत गरेको छ । अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार अस्पतालमा बिरामी भर्नाको हिसावले जुम्ला जोखिम अवस्थामै रहेको छ । स्मार्ट लकडाउको कार्यविधी २०७८ अनुसार एक सय ५ भन्दा मुनी पोजेटिभ हुनुपर्ने भएपनि जुम्लामा बढिरेहेको बताउनुभयो । यस्तै अस्पतालमा ३५ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत दर पोजेटिभ देखिएकाले अहिले जुम्ला सुरक्षित भन्न नमिल्लेमा जोड दिनुभयो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लामा हाल सम्म गरिएको परीक्षण र अवस्थाको बिषयमा जानकारी गरेको छ । स्वास्थ्य निरीक्षक प्रेमबहादुर सोमाईका अनुसार करिब २४ हजार बढिलाई खोप दिईएको छ । जसमा १२ हजार बढिले पूर्ण खोप पाएका जानकारी दिनुभयो । उहाँका अनुसार स्मार्ट लकडाउन कार्यान्वन गर्न स्थानीय तहमा रेण्डम सेम्पलिङ परीक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मकरबहादुर भण्डारीले हालको शिक्षाको अवस्थाको तथ्यांकको जानकारीदिनु भएको थियो । प्रमुख भण्डारीका अनुसार सवै विद्यालयका शिक्षकलाई खोप लगाएमा वालवालिका सुरक्षित हुनेमा जोड दिनुभयो ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले आ –आफ्ना स्थानीय तहले जोखिम पहिचान गरि निर्धारण गरिनुपर्ने सूझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रर्साइले स्मार्ट लकडाउनका लागि पूर्वाधार तयार भएमात्र विद्यालय संचालन गर्न हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हरेक स्थानीय तहमा कोरोना परीक्षण बढाएर एक तथ्यांकको आधारमा निर्णय गर्नुपर्ने भन्दै स्थानीय तहमा दुई हजार छ सय बढी एन्टिजन किट भएकाले परीक्षणमा जोड दिन अनुरोध गर्नुभयो ।

वैठकमा स्मार्ट लकडाउनका बिषयमा बृहत वहश भएको छ । उद्योग बाणिज्य संघका उपाध्यक्ष पुरिचन्द्र देवकोटाले बन्दले व्यवसाय धरापमा परेकाले निषेधाज्ञा समय छोट्याउन अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रसाईले बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना नभएको हुदा निर्णय ४ बजे पछि निषेधाज्ञा नै रहने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्