OnlinePana

आज : २०८३ जेठ २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७८काठमाडौं
९६४ पटक

२९ असार २०७८, मंगलबार

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री । पम्फा भुसाल उर्जामन्त्री बन्ने भएका छन्।
आज बसेको माओवादी केन्द्रको स्थायी समितिको बैकबाट माओवादीबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।त्यस्तै नेपाली काग्रेंसले गगन थापा र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएको छ ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताएका बताईएको छ ।

प्रतिकृया दिनुहोस्