OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७८काठमाडौं
५०३ पटक

१४ जेठ २०७८ शुक्रबार

अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४।१ प्रतिशत आर्थिक वृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन्।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४।१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो।

आर्थिक वृद्धिदरमा मात्र पछि छौँ, अर्थतन्त्र पहिला भन्दा राम्रो छः अर्थसचिव

अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रममा बोल्दै उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताएका छन् । यद्यपि आर्थिक वृद्धिदरमा भने पछाडी रहेको उनले भने । तर अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको उनको दाबी छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्