OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ११, २०७८काठमाडौं
११६६ पटक

 

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक कोभिड–१९ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारतार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक बृद्धको मुत्यु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्त रमेश भट्टराईका अनुसार अस्पतालमा उपचारतार्थ बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो । डाक्टर भट्टराईका अनुसार उहाँलाई भेण्टिलेटरमा राखिएको थियो । धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।

यसअघि सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय एक बृद्धको पनि कोभिड–१९ बाट मुत्यु भएको थियो ।

कर्णाली प्रतिष्ठानमा दुई जना कालिकोटका र एक जना सुर्खेतका गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्