OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ८, २०७८काठमाडौं
८१२ पटक

८ जेठ २०७८, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरिएका दुवैको दावीको ठोस आधार नदेखिएको भन्दै शुक्रबार राति दुवैको दावी खारेज गर्नुभयो । राष्ट्रपतिको कार्यालयले एक पत्रमार्फत सार्वजनिक गर्दै प्रम केपी ओलीले नेकपा एमालेका १२१ र जसपाका ३२ जना गरी १५३ जना सांसदको हस्ताक्षरसहितको दावी गर्दा माधव नेपालका पक्षका २६ जना र जसपाका १२ जनाले विपक्षी गठबन्धनका शेरीबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको भन्र्दै दुवैको स्पष्ट आधार नभएको कारण देखाएर दुवैको दावी खारेजी गर्यो ।

पछि मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्तिमार्फत प्रतिनिधिसभा भंग भएको घोषणा गर्नुभयो ।

उहाँले मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गर्नुभएको हो । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरी निर्णय गर्नुभएको थियो । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकिएको हो ।

प्रतिकृया दिनुहोस्