OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ३०, २०७८
९३० पटक

३० बैशाख २०७८, बिहीबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाघको छालासहित बुधबार ४ः३० बजे एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका ९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई पक्राउ गरेको हो । खत्रीले चितुवा (बाघ) को छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा यस कार्यालयबाट खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका ३ सुर्खेत कुरिल्ले भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“छिन्चु–जाजरकोट पक्की सडक खण्डमा खत्रीले बोटेचौरबाट सल्ली बजारतर्फ चलाई लिएको भे ४ प ४८८७ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्दा झोलामा लुकाईछिपाई राखेको टाउको देखि पुच्छरसम्म भएको चितुवा (बाघ)को छालासहित उनलाई पक्राउ गरिएको हो,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “खत्रीलाई आवश्यक कारवाहीका लागि गुर्भाकोट सव–डिभिजन वन कार्यालय मेहलकुना सुर्खेतमा पठाईएको छ ।”

प्रतिकृया दिनुहोस्