सुर्खेत, ६ भदौ ः आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज साँचो हस्तान्तरण गर्नुभयो । साँचो हस्तान्तरण गर्दै कानूनमन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन र जनताको दैनिक समस्याहरु यथासम्भव समाधान गर्न दुई चरण गरेर १४ गाडी हस्तान्तरण गरिएको बताउनुभयो ।
साँचो ग्रहण गर्दै प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले कर्णाली प्रदेशका १० वटा जिल्ला मध्य अभाव र बढी आवश्यकता भएका जिल्लाको अवस्थालाई मध्यनजर गरेर गाडी प्रदान गर्ने बताउनुभयो । “भौगोलिक विकटता बनाएको अप्ठ्यारोलाई प्रदेश सरकारको यो कामले सजिलो बनाएको छ,” उहाँले भन्नुभयो, “यस कार्यले प्रहरीको मनोबल बढाउनुको साथै कार्यसम्पादनमा प्रभावकारिता ल्याउने देखिन्छ ।”
प्रदेश सरकारले बलेरो क्याम्पर र टाटा कम्पनीका गाडी प्रदान गरेको मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार आव ०७५÷०७६ अन्तरगत गाडी खरिदका लागि विनियोजित रु.आठ करोड बजेटमा रु.छ करोड २९ लाख ९५ हजारको गाडी प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
कोरपाटी संवाददाताभाद्र ६, २०७६सुर्खेत
४०२ पटक
- कार्तिक २९ गतेको खबरदारी सभाका लागि ६० वटा वडामा माओवादीले खटायो कमाण्डर
- कर्णाली प्रतिष्ठानको दिक्षान्त समारोह तयारी पुरा : प्रधानमन्त्रीले उदघाटन गर्ने
- जुम्ला तातोपानीको गोप्थाडा गाउँ : जहाँ छैन एसईई पास जनशक्ति
- जुम्लामा माओवादीको वडा, वडामा वेथिति र भ्रष्ट्रचार विरुद्ध खबरदारी सभा सम्पन्न
- जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक
- सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्ति झुट र द्धन्द्ध फैलाउने हो : माओवादी केन्द्र जुम्ला
- तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी
- सिञ्जा गाउँपालिका २ वालविवाह मुक्त र शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा वडा घोषणा
- कार्तिक २९ गते माओवादीले वडा, वडामा खबरदारी सभा गर्ने
- सरोकारवालाहरु भन्छन्ः ‘मानसिक स्वास्थ्य’लाई साझा मुद्दा बनाउनुपर्छ’