सुर्खेत, १० साउन ः नेकपा विप्लव समुह जाजरकोट जिल्ला युवा संगठनका अध्यक्ष खड्गबहादुर सिंह पक्राउ परेका छन् ।
भेरी नगरपालिका ७ जाजरकोट पुन्मा निवासी ३२ वर्षीय सिंहलाई बीरेन्द्रनगर नगरपालिका १० सुर्खेत पदमपुरस्थित सडकमा हिडिरहेको बेला प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेको हो । जिल्ला अदालत जाजरकोले ०७६ जेठ २५ गते पक्राउका लागि दिएको आदेश अनुसार खोजतलासको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी, ईलाका प्रहरी कार्यालय लेकबेसी सुर्खेतका प्रहरी निरीक्षक जितेन्द्रकुमार सिंहको नेतृत्वमा गएको टोलीले लेकबेसी नगरपालिका ५ नेटा सुर्खेत निवासी विप्लवका सुर्खेत जिल्ला सदस्य ४४ वर्षीय हिरु शाहीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई सुर्खेत दशरथपुरमा पक्राउ गरेको हो । पक्राउ परेको दुवैको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी, जिल्ला अदालत सुर्खेतले ०७५ मंसिर १३ गते दिएको आदेश अनुसार बोक्सी अपराधका फरार अभियुक्त ३७ वर्षीय होमबहादुर चपाईलाई पनि पक्राउगरी सुर्खेत अदालतमा बुझाएको छ ।
कोरपाटी संवाददातासाउन १०, २०७६सुर्खेत
९९६ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम