OnlinePana

आज : २०८२ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २३, २०७७
३८५ पटक

२३ फागुन २०७७, आईतबार

गुरासँ गाउपालिका ८ दैलेख धरमपोखरामा ६०० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । कर्णाली प्रदेश प्रहरी श्रीमती संघद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० सय स्थानीयले उपचार सेवा लिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार पन्त, श्रीमती संघका अध्यक्ष अजिता लोहनी पन्त र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसहित सहभागी रहनुभएको उक्त निःशुल्क शिविरमा ६०१ जना स्थानीयले निःशुल्क स्वास्थ्य सेवा लिनुभएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।

छ जना डाक्टर तथा सात जना प्यारामेडिक्स गरी १३ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा उक्त शिविरमा स्त्रीरोग तथा जनरल फिजिसियन र दाँत सम्बन्धी रोगको निःशुल्क उपचार गरिएको प्रहरी बरिष्ठ उपरीक्षक चन्दले बताउनुभयो । उहाँका अनुसार शिविरमा ४२९ महिला र १७२ ले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्