OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २१, २०७७
४२५ पटक

नवलपरासीको अमरापुरीमा आज सार्वजनिक हुनुभएका विद्रोही नेकपामा महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिनु भएको छ।

आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गर्नुभएका उहाँ केहीबेर अगाडि काठमाडौं भित्रिनुभएको हो । । सुरक्षा स्रोतका अनुसार उहाँ नागढुंगा नाकाबाट काठमाडौं आइपुग्नुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१३ बाट आज विप्लव सार्वजनिक हुनु भएको हो ।

आज दिउसो २ः०० बजे बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नु हुनेछ । सो समारोहमा शान्ति प्रक्रियामा आउन दुवै पक्षबाट गरिएको विस्तृत सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री केपी ओली शर्मा र नेकपाबाट महासचिव विप्लवले हस्ताक्षर गर्ने जनाईएको छ ।

समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।
सरकारले हिजो विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

प्रतिकृया दिनुहोस्