OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०७७सुर्खेत
१६०४ पटक

२६ माघ २०७७, सोमबार

निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं–सुर्खेत विमानस्थलमा परीक्षण उडान सेवा शुुरु गरेको छ ।

काठमाडौंदेखि सुर्खेत सिधा परीक्षण उडान सेवा शुरु गरेको श्री एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाज आज बिहान १० बजेर ३५ मिनेटमा सुर्खेत धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख उमेश पन्थीले जानकारी दिनुभयो ।

“क्याप्टेन भरतसिंह थापाको थापाको नेतृत्वमा उक्त जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको हो,” कार्यालय प्रमुख पन्थीले भन्नुभयो, “अब नियमित उडान गर्दा कतिसम्म लोड धान्न सकिन्छ भन्ने बारे एयरलाईन्सका प्राविधिकहरुले अध्ययन गरेर अघि बढ्छन् होला ।”

उहाँले २० देखि २२ डिग्री सेल्सियस तापक्रमम्म क्षमता अनुसारको लोड ल्याउन सकिने चालकले जानकारी गराएको बताउनुभएको छ । कार्यालय प्रमुख पन्थीका अनुसार जहाँजका लागि रनवे उपयुक्त रहेको तथापि नियमित उडानका लागि श्री एयरलायन्स कम्पनीले बजारको अवस्था अध्ययन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्