OnlinePana

आज : २०८३ साउन २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही पौष १२, २०७७सुर्खेत
७०८ पटक

१२ पुस २०७७, आईतबार

कर्णाली प्रदेशमा आज एकैदिन कोरोना संक्रमण जितेर ८५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कोरोना जितेर ८५ जना व्यक्ति फर्केका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेको संख्या भने आज शून्य रहेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो । आज ८५ जना निको हुनेको संख्या थपिएसँगै अब कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या छ हजार ९३९ पुगेको उहाँले बताउनुभयो ।

“हालसम्म कर्णालीमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या सात हजार २७७ रहेको छ,” प्रमुख कँडेलले भन्नुभयो, “अब मात्र पाँच प्रतिशत संक्रमित निको बाँकी रहेका छन्, ९५ प्रतिशत संक्रमित निको भईसकेका छन् ।” उहाँका अनुसार कर्णालीमा आजका दिनसम्म कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कर्णालीमा ९५ हजार ६७१ व्यक्तिको आरटी पीसीआर परीक्षण गरिएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिकृया दिनुहोस्