OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ९, २०७७
४४१ पटक

९ पुस २०७७, बिहीबार

कर्णाली प्रदेशमा आज दैलेखका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण कारण मृत्यु हुनेमा नारायण नगरपालिका २ दैलेख निवासी ८५ वर्षीय पुरुष रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रादेशिक अस्पतालमा ल्याईएका उनको उपचारको क्रममा आज बिहान १०ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“ती पुरुषलाई मंसिर २६ गतेका दिन सास फेर्न गाह्रो, खोकी, ज्वरो र खानामा रुचि नहुने समस्या देखिएपछि प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो,” अधिकृत कँडेलले भन्नुभयो, “सोही दिन नै प्रदेश अस्पताल सुर्खेतबाट जिन एक्सपर्ट पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको थियो ।”

संक्रमण पुष्टि हुने बित्तिकै प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरेर प्रोटोकल अनुसारका सबै उपचार गरिएतापनि स्वास्थ्यमा सुधार नभई उपचारकै क्रममा आज मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाले बताएको छ ।

प्रतिकृया दिनुहोस्