OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २५, २०७७
११०८ पटक

२५ मंसिर २०७७, बिहीबार

कोरोना भाइरस संक्रमणबाट कर्णालीमा एक वृद्धको मृत्यु भएको छ ।

कर्णाली प्रदेश सरकार सामािजक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गुराँस गाउँपालिका ५ दैलेख निवासी ८७ वर्षीय पुरुषको मृत्यु भएको हो । जिन एक्सपर्ट विधिबाट पीसीआर परीक्षण भई प्रदेश अस्पताल सुर्खेतबाट कोरोना संक्रमण पुष्टि भएका वृद्धको आज बिहान ८ः०० बजे कार्डियो पल्मोनरी अरेष्ट भई मृत्यु भएको मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

“बिरामी वृद्ध भर्ना हुँदा खेरी नै अक्सिन स्याचुरेशन कम रहेछ,” शाखा प्रमुख कँडेलले भन्नुभयो, “रगतमा चिनीको मात्रा उच्च देखिएपछि २४ गते रातिदेखि ईन्सुलिनबाट उपचार गरिएपनि अक्सिजन स्याचुरेशन कमि हुँदा उहाँलाई बचाउन सकिएन ।” वृद्धको मृत्युसँगै कर्णालीमा कोरोनाबाट ज्याउन गुमाउनेको संख्या २१ पुगेको उहाँले बताउनुभयो । शाखा प्रमुख कँडेलका अनुसार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत र नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन गर्न थालिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्