OnlinePana

आज : २०८२ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २४, २०७७
५२६ पटक

२४ मंसिर २०७७, बुधबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीद्धारा लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान संगीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा भगवतीमाई गाउँपालिका ७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका २ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा परीक्षा दिने सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिनुभयो ।

त्यस्तै, भगवतीमाई गाउँपालिका ७ दैलेख बस्ने चक्रराज बिकको स्थानमा जाँच दिने सोही ठाउँका २५ वर्षीय दिपेन्द्र बिक, नारायण नगरपालिका ७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपानेलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

त्यसैगरी, भेरी नगरपालिका १० जाजरकोट बस्ने धनबहादुर डाँगीको स्थानमा परीक्षा दिने बीरेन्द्रनगर नगरपालिका १ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका २ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका १० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका १ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले नक्कली प्रशिक्षार्थीहरु मिलाईदिने पञ्चपुरी नगरपालिका २ सुर्खेतका २१ वर्षीय दिपक कँडेललाई समेत पक्राउ गरेको छ । यही मंसिर २० गतेदेखि सुर्खेतमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षामा हालसम्म ११ नक्कली परीक्षार्थी पक्राउ परेको र उनीहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्