OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ३०, २०७७
४१८ पटक

 

३० असोज २०७७, शुक्रबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष दोब्बर भन्दा पनि बढी हो । कोरोना महामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले चालु आर्थिक वर्षको दुई महिनामा डेंगु रोगको संक्रमण देखिएकाहरु सबै नागरिक वीरेन्द्रनगर सुर्खेतका रहेकोे जानकारी दिनुभयो ।

डेंग ज्वरोविरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्